डा. अहिराज

लालबन्दी फागुन ७ —मधेश मामिलामा जानकार पत्रकार एवं राजनैतिक विश्लेषक डा. राजेश अहिराज प्रदेश नम्बर दुईको प्रमुखमा नियुक्त भएका छन् ।सर्लाहीको मलंगवा निवासी डा. अहिराजलाई मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश दुई प्रमुखमा नियुक्त गरेकी हुन । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा राष्ट्रपति भण्डारीद्वारा नियुक्त गरिएको जानकारी गराएका हुन् । तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राष्ट्रपति भण्डारीले परियारको ठाउँमा झालाई नियुक्त गरेकी हुन् । पूरानो घर रौतहट भएपनि हाल डा. झाको घर मलंगवा नगरपालिका–८ मा रहेको छ ।
मधेश मामिलामा विद्यावारिधी गरेका डा. झाले पछिल्लो केही वर्षयता राष्ट्रिय एकताको पक्षमा आवाज उठाईरहेका थिए ।मलंगवाबाट पत्रकारिता सूरु गरेका डा. अहिराजले काठमाडौंको अनामनगरमा मधेश मिडिया हाउस सञ्चालन गरेर सकृय पत्रकारीता गर्दै आएका थिए ।