मुकेश झा/ हरिपुर्वा
मंसिर -६,जिल्लाको हरिपुर्वा नगरपालिकामा ३४ औ अन्तरास्ट्रिय बाल अधिकार दिवसको अवसरमा अन्तरपालिका विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
केश्वर गरिब जनता माध्यमिक विद्यालय प्राङ्गणमा सम्पन्न ४ सय मिटर दौड, घैटो फुटाउने तथा लङ जम्प खेलमा प्रतियोगितामा विभिन्न विद्यालयका बालबालिकाको सहभागिता रहेको थियो ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र बागमती सेवा समाजको साझेदारी हरिपुर्वा नगरपालिका र पर्सा गाउपालिकाको सहयोग तथा हरिपुर्वा नगर बाल संजालको आयोजनामा सप्पन्न खेलकुद प्रतियोगितामा १८ जना बालबालिकाले विभिन्न खेल तर्फ पुरस्कृत तथा सम्मानित भएको बागमती सेवा समाजका कार्यक्रम संयोजक प्रमेश बादेले जानकारी दिए ।
जस अन्तर्गत २०० मिटर बालिका दौडमा पिंकि साह ( पर्सा माबि ) प्रथम । रुबि साह ( के ग मा बि हरिपुर्वा)द्वितीय र सपना यादव (राम जानकी बसंतपुर) तृतीय भएका छन् ।
त्यस्तै ४०० मिटर बालक दौड तर्फ,शसि यादव ( के ग मा बि हरिपुर्वा)प्रथम,कमलेश यादव( रामजानकी माबि बसंतपुर)द्वितीय । समिर साफि ( नेराबैजु संग्रामपुर) तृतीय भएका छन् ।
घैटो फुटाउने खेल तर्फ:स्मृति साह(के ग मा बि हरिपुर्वा) प्रथम,नेहा कुमारि (पर्सा माबि )द्वितीय र साक्षि महतो (नेराबैजु संग्राम्पुर) तृतीय भएका छन् ।लङ जम्प तर्फःगौतम यादब,मुनिता साह ( के ग मा बि हरिपुर्वा) प्रथम,अभिशेख राउत, पिंकि साह (पर्सा माबि )द्वितीय र अभिशेख मंडल,सृजना कर्ण (रामजानकी बसंतपुर) तृतीय भएका छन् ।
नगर बाल संजालका अध्यक्ष अंगेश कुमार साहको अध्यक्षता हरिपुर्वा नगरपालिका वडा ५ का वडाध्यक्ष बिजय भुषण प्रसादकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हाे । कार्यक्रममा हरिपुर्वा नगरपालिकाको प्रशासकीय अधिकृत कुमार परियार , शिक्षा शाखा प्रमुख जनक काफ्ले, वडा ८ को वडाध्यक्ष रामेश्वर यादवकाे आतिथ्यता रहेको थियो ।कार्यक्रममा बागमती सेवा समाजका कार्यक्रम संयोजक प्रमेश बादे, शिक्षक तथा बालबालिकाको सहभागिता रहेको थियो ।