सप्तरी,मंसिर –६, जिल्ला कारागार सप्तरीमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको हिजो (मंगलवार )मृत्यु भएको छ ।


कारागार प्रमुख सदानन्द दासका अनुसार मृत्युु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेका छन् ।


मण्डल २०७९ कात्तिक १६ गतेदेखि राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्ति हुन। हिजो बिहान शौचालयबाट निस्केपछि लडेका मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको कारागार प्रमुख दासले जानकारी दिए ।