सर्लाही,कार्तिक–२२,जिल्लाको गोडैता –८,सिसौटियामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् ।

मंगलवार राति बाँस बोकेको ना ५ त ६१६२ नम्बरको ट्याक्टर सडक छेउमा अनियन्त्रित भएर पल्टिँदा ट्याक्टर चालक गोडैता नगरपालिका – ७ का ४० वर्षीय अखिलेश्वर पटेल र अर्का गोडैता नगरपालिका – ८,का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।


त्यसैगरी बाँस लोड गरेर त्यही ट्याक्टरमा चढेका मजदुर गोडैता नगरपालिका – ८ का २० वर्षीय  रुपेश महतो र रौतहट परोहा नगरपालिका – ८ का २४ वर्षीय  जयप्रकाश पटेल घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल मलंगवा र वीरगञ्जमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको  शव पोष्टमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको प्रहरीले जनाएको छ।(प्रतिकात्मक तस्बिर )