सर्लाही,कार्तिक-२०,जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतले जनताका समस्या जस्ताको त्यस्तै रहेकाले आफुहरूले संघर्षका कार्यक्रम  जारी रखेकमे बताए छन् ।


प्रर्याप्त बहुमत नभएको कारण मधेश प्रदेशमा आफूहरुले राम्रो काम गर्न खोजेर पनि गर्न नसकेको बताए  । सोमवार(आज) जिल्लाको कविलासीमा जनमत पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधिसभा सदस्य  डा.राउतले आफूहरुले कृषिको क्षेत्रमा राम्रो गर्ने प्रयास गर्दा गर्दै जिम्मेवारीबाट हटाएको बताए । आफूहरुले जनताको मन जित्ने काम गरेकोले अरु पार्टी त्रसित भएको बताए ।
उनले गाउँगाउँमा किसानका लागि मल कारखाना खोल्ने कृषि डाक्टरहरु पठाउने योजना  बनाई रहेको बेला आफ्नो पार्टीबाट मन्त्री भएका नेतालाई  जिम्मेवारीबाट हटाएर विना विभागिय बनाइएको बताए । देशको अवस्था भद्रगोल भई सक्दा पनि मधेश प्रदेश सरकार, केन्द्र सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आराेप थियो  ।


उनले अहिले लाखौं युवा विदेशिन बाध्य भएका र स्वदेशमै भएकाहरु पनि दिनदिनै आत्महत्या गर्न बाध्य भएको बताए ।
यहाँका नागरिक ,किसान, मजदुर आत्महत्या गर्न बाध्य भईसक्दा पनि शासकलाई कुनै मतलव नभएको,बरु देश लुट्न  मस्त रहेको उनको तर्क थियो । उनले मधेश प्रदेशका अर्थमन्त्रीलाई लक्षित गर्दै अर्थमन्त्रीले कुनै पनि योजना दिँदा सुरुमै कमिसन जम्मा गर्न लगाएको बताए । उनले जनताको हक अधिकार स्थापित गराउन जनमत पार्टीले संघर्षको लडाई लडि नै रहकाले  आगमी २०८४ सालमा हुने आम चुनावमा जनमत पार्टीलाई मधेश प्रदेशमा दुई तिहाई र केन्द्रमा निर्णायक सिटमा जिताउन पुर्‍याउन आग्रह गरे ।
जिल्ला इन्चार्ज युवा नेता श्रीचन यादवको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान तथा वृहद पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा  विभिन्न पार्टी परित्याग गरी ३ सय भन्दा बढी व्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेका  जनमत पार्टीका केन्द्रीय सदस्य विवेक शर्माले जानकारी दिए ।
जनमत पार्टीमा प्रवेश गर्नेमा   डा.गुणेश्वर झा लगायतका विभिन्न दलका नेताकार्यकर्ता रहेका छन् । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष सांसद डा.सिके राउत लगायतका नेताहरुले दोसल्ला तथा माला लगाई जनमत पार्टीमा स्वागत  गरेका थिए।

कार्यक्रममा संघीय सांसद समेत रहेका डा. राउतलाई पार्टीका कार्यकर्ताले एक सय  किलोको सयपत्री फुलेको माला लगाइ सम्मान गरेका थिए ।