सर्लाही,कार्तिक -२१, जिल्लाको बलरा नगरपालिका वडा नं.- १० सुदामामा ब्यानर दुरुपयोग गरी कार्यक्रम गर्न लागेकाे भन्दै नेपाली कांग्रेसको क्षेत्र नं.- ४ ले आपत्ति प्रकट गरेको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्प पदको निर्वाचन २०७९ मा पार्टीको अधिकारिक उम्मेदवार विरुद्ध कार्य गरि स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचार-प्रसार र मत मागेर पार्टीको आधिकारिक उम्मेदवारलाई पराजय गराउ मुख्य भूमिका निर्वाह गरे पछि पार्टीको विधानअनुसार कार्वाहीमा परेकाहरूले कार्तिक क २३ गते बिहीवार पार्टीको नगर समिति आयोजक रहेको भनी दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम राखिएको भन्दै दिगभ्रमित गर्ने मनासायले सूचना प्रवाह गरे पछि क्षेत्रीय समितिले आपत्ति प्रकट गरेको हाे ।
साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएका तत्कालिन जिल्ला कार्य समितिका सदस्य नवीन कुमार सिंह र क्षेत्रीय प्रतिनिधि बालकिशोर सिंहले कांग्रेसको ब्यानर दुरुपयोग गरि सामाजिक सञ्जालमा गरिएको सो प्रचारको पछि नलाग्न क्षेत्रीय सचिव वीरेन्द्र महतोले विज्ञप्तीमार्फत अपिल गरेका छन् ।