आरबी बुढाथोकी

देख्न जति रोचक र आकर्षक छन्, स्वादमा पनि फरकफरक यी मकैका प्रजातिले धेरैको मन तानेको हुन्छ। लोकल होस् या हाइब्रिट मकैको उत्पादनमा आएको विविधताले सबैलाई चकित तुल्याएको छ।

चामला खाँदा–खाँदा वाक्क भएका शहरबासीले मकैका विविध परिकार रोज्न थालेका छन्। गाउँको मकै शहर छिरेपछि गाउँमा भने मकैका परिकार कमै खान थालिएको छ। सुपरमार्केटमा होस् या किराना पसल मकैको पिठो तथा च्याख्ला सहज रुपमा पाइन थालेको छ। नेपालमा अहिलेसम्म २७ थरीका मकै पाइन्छ। पोलेर खानका लागि भने पहेँलो रङको मकै नै लोकप्रिय छ।

मौसमी हरिया मकै शहर–शहर निकै खपत हुन्छ। हरिया मकैको विविध परिकार पनि बनाएर खान थालिएको छ। मकैलाई चोखो अन्नको रुपमा लिइने हुँदा साउन महिनामा होस् या कुनै ब्रत बस्दा मकैका परिकार बनाएर खाने गरिन्छ। सुप, सलाददेखि मकैको खिरसम्म बनाएर खान सकिन्छ। मकैमा पर्याप्त फाइबर हुने हुँदा अन्य अन्नको तुलनामा स्वास्थ्यवद्र्धक पनि छ।

मकै सबैको प्रिय अन्न हो। सबैभन्दा बढी मकै खपत हुने मौसमी हरियो नै हो। पोलेर खाने कि उसिनेर जसरी खादा पनि स्वादिष्ट हुन्छ हरिया मकै। हामीले नेपालमा पहेँला सुन रङका मकै मात्र देखेका छौंं। तर मकैका दर्जनौं परिकार र रङ–बिरङका हुन्छन्। परिकारमा पनि त्यतिकै विविधता हुन्छ।

हामी नेपालीले मकै कि पोलेर खान्छौं कि त उसिनेर। कि च्याख्ला खान्छौं कि ढिँडो। कसैकसैले पुवा या रोटी पनि बनाउँछन्। स्वास्थ्यका हिसाबले पनि यो अन्न अति उत्तम छ। मकै धेरैको प्रिय अन्न हुँदाहुँदै पनि परिकारमा विविधता दिन नसक्दा बिस्तारै खेती र खपत कम हुँदै गएको भने देखिन्छ।

कर्न कल्चर अर्थात् मकै संस्कृति ओल्मेक, मेक्सिकोको सबैभन्दा पुरानो ज्ञात जटिल सभ्यता, जसले मेक्सिको शहर नजिकैको टियोटिहुआकानको अविश्वसनीय पिरामिडहरू निर्माण गर्‍यो। मेक्सिको (एजटेक), मेसो–अमेरिकाको सबैभन्दा ठूलो साम्राज्य, स्पेनिसको आगमनसम्म, जीवन मकैको जीवनचक्रसँग नजिक थियो।

पछिल्लो तथ्यांक अनुसार संयुक्त राज्य अमेरिका विश्वभर मकैको प्रमुख उपभोक्ता हो। मकैलाई स्टार्च, मिठाइ, मकैको तेल, पेय पदार्थ र औद्योगिक अल्कोहलहरू सहित खाद्य र औद्योगिक उत्पादनहरूको भीडमा पनि प्रशोधन गरिन्छ।

मकैमा फाइबर र बिरुवाको यौगिकहरू प्रशस्त हुन्छन् जसले पाचन र आँखाको स्वास्थ्यलाई सहायता गर्छ। यसमा स्टार्चको मात्रा धेरै हुन्छ, यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ र अधिक सेवन गर्दा वजन घटाउनबाट रोक्न सक्छ।

मकैका अनेकौं प्रकार
नेपाली बजारमा केही सीमित मकैका प्रजाति पाइने भए तापनि विश्व बजारमा दर्जनौं छन्। रङको हिसाबले होस् या दानाको हिसाबले मकैका धेरै जाति र उपजाति छन्। तर नेपालमा हामीले देखेको र खाएको मकैको जातिमा व्यावसायिक रुपमा खासै विविधता देखिँदैन।

इतिहास पल्टाउने हो भने मकैको पिता मेक्सिकोलाई मान्न सकिन्छ। मेक्सिकोको ९० प्रतिशत भान्सा मकैको परिकारले भरिएको हुन्छ। विश्वमा मुख्यतया ६ प्रकारका मकै पाइने भए तापनि रङ र साइजका हिसाबले मकै दर्जनौं किसिममा पाइन्छन्। देख्न मात्र होइन, स्वादमा समेत फरकफरक हुने यी मकैका प्रजाति नेपाली बजारमा भित्रन सकेका छैनन्।

देख्न जति रोचक र आकर्षक छन्, स्वादमा पनि फरकफरक हुने यी मकैका प्रजातिले धेरैको मन तानेको हुन्छ। लोकल होस् या हाइब्रिट मकैको उत्पादनमा आएको विविधताले सबैलाई चकित तुल्याएको छ। रङ–रङका प्रजातिले धेरैमा मकैप्रतिको आकर्षण बढ्दै गएको छ।

परिकारमा पनि विविधता
मकैका परिकारमा यति धेरै विविधता आएको छ कि सोच्नै गाह्रो छ। एसियनहरुले आफ्नै हिसाबले परिकारमा विविधता दिएका छन् भने युरोप–अमेरिकामा आ–आफ्नै परिकार छन्। चिनियाँहरुले मकैको परिकार बनाउँदा सुप, सलाददेखि मिठासकासम्म कयौं परिकार बनाउन थालेका छन्। भारतीयहरुको त झन् कति हो कति मकैका परिकार।
चाट भनौं या खिर या त पुलाउ, सबैमा मकैको परिकार समावेश हुन थालेको छ। अमेरिकन या ब्रिटिसहरुले रोस्ट गरेर होस् या बटर सते गरेर मकैलाई आफ्नो दैनिकीमा छुटाउन चाहँदैनन्। मकैलाई इटलियनले पनि विविध परिकार बनाएर पस्कने गरेका छन्। मेक्सिकोले त विश्वभरमा सबैभन्दा धेरै मकैको परिकार बनाएर आफ्नो देशको चिनारी दिएको छ।
मेक्सिकनले नाचोज, क्यसिडेला, कर्न बावल, कर्न अन दि कप, टाकोस, टमाले, कर्न पञानेलासम्म बनाएर चकित तुल्याएका छन्। इटलीमा मकैको परिकार पोलेन्ट विश्वभर अत्यधिक लोकप्रिय छ। कर्न फ्लेक्स, कर्न डग, कर्न सुप, कर्न राइस, कर्न पुडिङ जस्ता परिकार नेपालमा पनि लोकप्रिय भइसकेका छन्।(स्वास्थ्य खबर)