सर्लाही, कात्तिक -१७, नेपाली कांग्रेस सर्लाहीका जिल्ला कार्यसमिति सदस्य युवा नेता विकासकुमार ठाकुरले आइसीसी टी–२० विश्वकप छनौट–२०२३ अन्तर्गत शुक्रवार(आज) हुने सेमिफाइनल खेलका उत्कृष्ट खेलाडीलाई एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
उनले क्रिकेटमा नेपाललाई जित दिलाउँदै फाइनलमा स्थान पक्का गरि सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुई जना खेलाडीलाई व्यक्तिगत तर्फबाट जनही ५० -५० हजार नगद पुरस्कार दिने घोषणा गरेका हुन ।
नेपाली क्रिकेट टिम र खेलाडीको हौसला बढाउन नगद पुरस्कारको घोषणा गरेको नेता ठाकुरले बताए । यसरी हाैसला प्रदान गर्दा क्रिकेट प्रति आकर्षण बढ्ने उनको विस्वास छ ।
सर्लाहीको कविलासी नगरपालिका – ७, गैर बजार स्थायी घर भएका युवा नेता ठाकुरले प्रायः काठमाडौं बस्ने गर्छन् । बिहीवार उनलेे सामाजिक सञ्जाल मार्फत उक्त पुरस्कार दिने घोषणा गरेका हुन् ।
आज नेपाल र युएईबीच मूलपानी मैदानमा खेल हुँदैछ । यो खेल जितेमा नेपाल फाइनलमा पुग्नुका साथै टि–२० विश्वकपमा छनोट हुनेछ ।