ललाबन्दी,फागुन ३ — ईश्वरपुर नगरपालिका वडा नम्बर २ बयलवास क्याम्पस चोक निवासी हरिप्रसाद उपाध्यायले सोमवार लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्धसेवाश्रममा आश्रित वृद्धवृद्धालाई एकदिनको भोजन गराएका छन् ।
उपाध्यायले आफ्ना स्वर्गीय पितृहरूको स्मृतिमा एकदिनको भोजन गराएका आश्रमकी अध्यक्ष तथा व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।
यस अघि आईतवार (हिजो) महोत्तरी जिल्ला विजलापुरा वडा नम्बर —२ निवासी परोपकारी मनका धनी वासु प्रसाद कोइराला दम्पतीले आफ्नो २५ औं वैवाहिक वर्ष गाँठको अवसरमा एक दिनको मिष्ठान भोजन गराएका थिए ।
वासु प्रसाद कोइराला तत्कालिन जिल्ला प्रशासन कार्यालय सर्लाहीका अधिकृत, हाल धनुषा मालपोत कार्यालयका प्रमुख हुन ।
यस अघि पनि वासु प्रसाद कोइराला र श्रीमती बिनिता ढकाल ,कोइरालाले आश्रममा निरन्तर सहयोग गर्दै आएका आश्रमकी अध्यक्ष तथा व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।
आश्रममा आएर भोजनको प्रवन्ध गरेकोमा आश्रमका संरक्षक बासुदेव शरण कोइरालाले धन्यवाद् ज्ञापन गरेका छन् ।
विभिन्न उत्सव, वार्षिक पुण्यतिथि ,तिथि लगाएतमा मनकारी महानुभावको सहयोगले आश्रममा आश्रित वृद्धवृद्धालाई भोजनको प्रवन्ध हुनेगरेको आश्रमकी अध्यक्ष तथा व्यवस्थापक भवानी कोइरालाको भनाई छ ।