सर्लाही,कार्तिक-११,नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले आफ्नो पार्टीका युवा नेता एवम् कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव (बब्लु) माथि गोली प्रहार भएको घट्नाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।


सभापति सिंहले शनिवार(आज) एक विज्ञप्ती जारी गर्दै पार्टीका नेता तथा गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार भएको घट्नाप्रति ध्यानाकर्षण भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका हुन्‌ ।
गाउँपालिका अध्यक्ष यादवलाई लक्षित गरी मंगलवार राति उनकै घर कौडेना -२, ईनर्वामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गोली प्रहारबाट यादवलाई केही नभए पनि उनको घरको भित्तामा प्वाल परेका छन् ।
जनप्रतिनिधिमाथि ज्यान मार्ने उद्देश्यले भएको घट्ना लोकतन्त्र विरोधी अपराधिक मानसिकताको उपज भएको सभापति सिंहद्वार जारी विज्ञप्तीमा उल्लेख छ ।


विज्ञप्तिमार्फ घट्नाको घोर निन्दा गर्दै गोली प्रहार गर्ने-गराउने जो सुकै भएपनि तुरुन्त पत्ता लगाई दोषीलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा सजाय गराउन प्रशासन तथा सरकार समक्ष जोड माग गरिएको छ ।
शुक्रवार नेपाली कांग्रेस क्षेत्र नं. २ ले प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापन पत्र बुझाई घट्नाका दोषी तत्काल पहिचान गरी कडा कारवाही गर्न माग गरेको थियो । प्रहरीले घट्नाको अनुसन्धान भइरहेको जनाएको छ ।