कृष्ण थपलिया
ईश्वरपुर, फागुन ३—आनन्द मार्ग गुरुकुल विद्याश्रम ईश्वरपुर २ राईटर खोरले फागुन १ देखी ९ गते सम्म योग साधना शिविर सहित विविध कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आनन्द मार्ग गुरुकुल विद्याश्रम ईश्वरपुरका आचार्य कमलाकान्तानन्द (अवधूत) का अनुसार मानिसलाई भौतिक शिक्षा सग सगै नैतिक र आध्यात्मिक शिक्षाको आवश्यक्ता महसुस गर्दै पाँच दिने ध्यान तथा योग साधना शिविरको आयोजना गरिएको हो ।
ईश्वरपुरमा सोमवार आयोजित पत्रकार भेटघाटका क्रममा आनन्द मार्ग प्रचारक संघका केन्द्रिय अध्यक्ष आचार्य महेन्द्रले मानसिक तनावबाट मुक्ति, स्मरण शक्ति बुद्धि, व्यक्तित्व विकास र रोग मुक्त जीवनको लागि आनन्द मार्गले योग साधना शिविरको आयोजना गरिएको जानकारी दिए ।
निःशुल्क सञ्चालन हुने शिविरमा बिभिन्न आर्युवेदिक औषधीको ज्ञान समेत प्रदान गरिने छ । शिविर सञ्चालनमा एक लाख पचार हजार खर्च हुने र यसको व्यवस्थापन सदस्य तथा पदाधिकारीबाट हुने आचार्य श्रेष्ठले जानकारी दिए ।
नेपाल लगायत विश्वका २ सय देशमा शाखा रहेको अनन्द मार्गले (यू एन) बाट सामाजिक संस्थाको रुपमा मान्यता प्राप्त गरेको छ ।
विश्व आनन्द परिवारको निमार्ण गर्ने लक्ष्य राखेको आनन्द मार्गको नेपाका ३५ जिल्लामा शाखा रहेकोे छ । विद्यालय,वालाश्रम योगाश्रम सञ्चालन गर्नुकासाथै विपद्मा उद्दार,जाडोमा न्यानो कपडा वितरण लगायतका समाजिक कार्य गर्दै आएको छ ।