काठमाडौं,असाेज-२३,मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहलाई प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य सम्पदन गरेको भन्दै, प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सम्मान गरेका छन ।
मन्त्री सिंहलाई संविधान प्रदत्त मनैलिक हक सुरक्षित गरि जनतालाई सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालहरूमा नि:शुल्क बेड व्यवस्था लगायतका उल्लेखनिय कार्य गरेको भन्दै संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कदर पत्र द्वारा सम्मान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलवार विश्व मानसिक स्वास्थ्य दिवस एवम् सेतो कोट दिवसको अवसरमा काठमाडौंमा आयाेजित कार्यक्रममा मन्त्री सिंहलाई कदर पत्र प्रदान गरेका हुन ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री सिंह आफू मन्त्री नियुक्त भएपछि स्वास्थ्य क्षेत्रमा सुधारका काम गरिरहेका छन् । उनी गत जेष्ठ ९ गते नियुक्त भएका हुन । त्यस यता स्वास्थ्यमन्त्री सिंहले मुसर समुदायको घर घरै पुगेर क्षयरोगीबाट पीडित व्यक्तिको हाैसला बढाउने उनीहरूकाे शिक्षा, स्वास्थ्यलगायतका समस्याहरु सुन्ने र समस्या समाधानका लागि काम गरेका छन् ।
मन्त्री सिंहले क्षयरोग पहिचान भएकालाई निःशुल्क उपचार, पोषण खर्चलगायतको सुविधा प्रदेश सरकारकाे तर्फबाट उपलब्ध गराएका छ ।
हालसालै मापदण्ड विपरीत सञ्चालनमा रहेको स्वास्थ्य संस्थाहरुलाई कार्वाही गर्ने अभियान थालेका छन् ।
उनले प्रदेशका ८ वटै जिल्लामा ठुलो संख्यामा अवैधानिक तरिकाले खुलेका स्वास्थ्य संस्थाहरूलाई कार्वाहीकाे तयारी गरेका हुन ।
अनाधिकृत, अव्यवस्थित, अनियन्त्रित र इजाजतबिना खोलिएका त्यस्ता स्वास्थ्य संस्थाहरुलाई आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थित गराउन तोकिएको ढाँचामा विवरण भर्न पत्राचार गर्दा पनि कसैले विवरण नबुझाए मन्त्री सिंहले कार्वाहीकाे निर्देशन दिएका हुन ।