सर्लाही,असोज -२३ , जंगली हात्तीको आक्रमणबाट मंगलवार बिहान एक युवकको ज्यान गएको छ।
रामेछाप लिखु तामाकोसी गाउँपालिका घर भैइ हरिवन नगरपालिका- ७ टाईवान टोल बस्ने १८ वर्षीय शिव प्रसाद दाहालको हात्तीको आक्रमणबाट ज्यान गएको सव डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत विनयकुमार साहले जानकारी दिए ।
जानकीनगरको जंगलमा बिहान घाँस दाउरा लिन आएका बेला दुबै जनालाई जंगली हात्तीले आक्रमण गरेको थियोे ।उनीसँगै आएका अर्को साथी पनि हात्तीको आक्रमणबाट घाइते भएका छन ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताएको छ। जंगली हात्ती मान्छे मारेको थाहा पाएपछि वनका कर्मचारी र प्रहरी घटना स्थलमा पुगेका छन् ।