सर्लाही,असोज-१४,अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको बताएका छन् ।आईतवार जिल्लाको लालबन्दीमा नेपाल प्रेस युनियन सर्लाही शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले भूकम्प र कोरोनापछि बिगि्रएको अर्थब्यबस्था क्रमिक रुपमा सुधार हुदै गएकाले निराशाको अवस्था नरहेको दावी गरे ।
बैंकहरूले व्याज दर घटाएका छन्, बाहिरबाट आउने रेमिट्यान्समा वृद्धि भएसँगै राजस्व पनि बढेको छ। कोरोनापछि पर्यटकको संख्यामा वृद्धि हुँदै गएकाले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको छ ।सरकारले विनयोजित बजेट खर्च गर्न थालिसमेको छ,त्यसले पनि अर्थतन्त्रमा सुधार ल्याउँछ
,मन्त्री महतले भने ।´
सरकारको मौद्रिक नीति र बजेट अनुशासनले राम्रो काम गरिरहेको छ , त्यसको परिणाम आउन समय लाग्नसक्छ,´उनलेे भने ।घरजग्गाको कारोबार सुरु भएकाले पूर्वाधारमा लगानी गर्नेको संख्या बढ्ने भएकाले अर्थतन्त्रमा निराशाको अवस्था नरहेको अर्थमन्त्री महतले बताए ।
मधेश प्रदेशमा आर्थिक समृद्धिका लागि कृषिलाई आत्मनिर्भर बनाउन सरकार लागि परेको बताउदै किसानलाई सरकारले अनुदानको व्यवस्था गरेको उनलेे बताए ।
सुनकोशी मरिन कमला डाइभर्सनसँगै पूर्व पश्चिम नहर विस्तार गरेर मधेसका सबै जग्गामा सिंचाइ पुर्याउन सरकार लागि परेको उनको भनाइ छ।
पूर्वपश्चिम राजमार्गलाई ६ लेनको बनाउने काम भइरहेको बताउँदै मन्त्री महतले हुलाकी राजमार्ग र पूर्वपश्चिम रेल-मार्गको काम समयमा नै संपन्न हुने आश्वासन दिए।
नेपाल प्रेस युनियन सर्लाही शाखाका उपाध्यक्ष सिर्जना बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको हो।