सर्लाही,असाेज-९,विगत केहि समय देखि जिल्ला सदरमुकाम मलंगवा र आसपासका क्षेत्रहरुमा भईरहेको सामाजिक सद्भाव खलबल्याउने गतिविधि प्रति प्रमुख ६ राजनैतिक दलले चिन्तित व्यक्त गरेका छन् ।
प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र ,ज.स.पा,नेकपा एकीकृत समाजवादी र लाे.स.पा. का जिल्ला प्रमुखहरूले मंगलवार (आज) अपिल प्रकाशि गर्दै,चिन्ता व्यक्त गरेका हुन ।
मुर्ति सेलाउने क्रममा भएको घट्ना र त्यस पछि भईरहेको घटनाक्रमले शदिऔं देखि आपसी सद्भाव, सहयोग र भाईचाराले मिलिजुली बसिरहेको समाजमा नकारात्मक छाप पर्दै गईरहेको अपिलमा उल्लेख छ ।
अपिल मार्फ प्रमुख ६ राजनीति दलका अगुवाहरूले प्रशासनद्वार जारी गरिएको कर्फ्यूले जनजिवन कष्टकर भएकाले यसले मात्र समस्या समाधान नहुने भएकाले दोषीहरु पत्ता लागाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कार्वाही गर्न माग गरेका छन् |
उत्तेजित एवम् अराजक गतिविधि गर्नेले धार्मिक जातिय हिंसा भडकाई आफनो दुनो सोझ्याउने केहि व्यक्ति बाहेक सामाजिक मुल्य मान्यतामा चल्ने, अन्य धर्म, सम्प्रदाय, आस्थाको सम्मान गर्ने लाई कहिले राम्रो नगर्ने अपिलमा उल्लेख छ ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले अपिल मार्फत नेपाली कांग्रेस धार्मिक सहिष्णुता, आपसी भाईचारा, बन्धुत्वको भावना शान्ति सद्भाव र एउटा उन्नत समाजमा विश्वास राख्ने पार्टी रहेको उल्लेख गरेका छन् ।
उनलेे घटना क्रमलाई आफुहरूले मिहिन ढङ्गले बुझ्दै प्रशासन, नागरिक समाज, विभिन्न समूदाय, राजनितिक दल, संस्थाहरुसँग समन्वय र छलफल गरि समाधानको उपायका लागि निरन्तर प्रयास गरिरहेकाे अपिलमा उल्लेख गरेका छन् ।
उनले अपिल मार्फत संयमित भएर सामाजिक सञ्जालको प्रयोग गर्न,समाजलाई उत्तेजित पार्ने, सामाजिक सद्भाव भड्काउने किसिमको कृयाकलाप नगर्न नगराउनु अनुरोध अनुरोध गर्दै, सवेदनशिल र कठिन परिस्थितिमा सबै एक जुट भई सामाजिक सद्भाव एवम धार्मिक सहिष्णुता कायम गर्न आ-आफनो ठाउँबाट लाग्न आग्रह गरेका छन् ।