सर्लाही,असाेज-८,जिल्लाकाे लालबन्दीमा साेमवार(आज) सम्पन्न (नगर प्रमुख/ अध्यक्ष स्तरीय) पालिका समन्वय बैठक सम्पन्न भएको छ ।
लालबन्दी,हरिवन,हरिपुर,ब्रम्हपुरी र चन्द्रनगरका पालिका प्रमुख सम्मिलित बैठकले १२ बुदे प्रस्ताव पारित गरेको लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीका स्वकीय सचिव भानुभक्त बरालले चियाेचर्चाे खबरलाई जानकारी दिए।
बैठकले भूमि व्यवस्थापन,कृषि उपज र पशु विकास,शिक्षा(प्रविधिक धार)स्वास्थ विषेशज्ञ सेवा,नगर सीमाना /खाेला व्यवस्थापन,त्रिभुवननगर-लालबन्दी-मरिण-दुम्जा सडक/ पर्यटन क्षेत्र सडक सञ्जाल,रंगशाला निर्माण,फाेहर व्यवस्थापन,सर्पदंश उपचार केन्द्र सञ्चालन,राष्ट्रिय विमानस्थल निर्माण,उपमहानगरपालिका लागि प्रस्ताव ,सामाजिक सद्भाव कायम राख्ने प्रस्ताव पारित गरेको छ ।
बैठकले जिल्लामा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
बैठकले विगत केही दिन देखी जिल्ला सदरमुकाम आसपासको क्षेत्रमा सामाजिक सद्भावमा आँच पुग्ने विभिन्न गतिविधिहरु भएको भन्दै,चार जात छत्तिस बर्णको साझा फुलवारीको रुपमा रहेको समाजमा केही अराजक व्यक्ति वा समूहले सामाजिक सद्भाव विगार्न गरेको प्रयास निन्दनीय र अराजकताको पराकाष्ट रहेको ठहर गरेको छ ।
जिल्लाका पाँच पालिका प्रमुखद्वारा हस्ताक्षरित अपिलमा अपराधिक सोच राख्ने र गतिविधि गर्ने व्यक्ति वा समूहको कुनै जात, धर्म र दलकाे नहुने त्यस्ता व्यक्ति र समूहलाई कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार समक्ष अनुरोध गरिएको छ ।
साथै शान्ति प्रेमी आम जन-समुदायहरुलाई आ-आफ्नो स्थानबाट सामाजिक सद्भाव कायम राख्न सहयोग गरिदिन अपिल गरिएको छ ।
लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीकाे अध्यक्षतामा सम्पन्न बैंककमा हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी(कमल) हरिपुर नगरपालिका का प्रमुख गोपाल पंजियार, ब्रम्हपुरी गाउँपालिका प्रमुख राम पदारथ साह (तेली) र चन्द्रनगर गाउँपालिका का प्रमुख राज कुमार महतोकाे सहभागिता रहेको थियो ।
बैठक होटल यूनाईटेड, इनिनिन लालबन्दीमा बसेकाे हाे ।