सर्लाहीफअसाेज-८,जिल्लाको हरिपुर नगरपालिका एक दिने भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको आयोजनामा साेमवार (आज) कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम हरिपुर नगरपालिका प्रमुख गोपाल पजियार उप-प्रमुख निलम देवि राय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका सूचना अधिकारी कृष्णप्रसाद हुमगाई हरिपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल , विषयगत शाखा प्रमुखहरु वडाध्यक्ष लगायत स्थानीयको सहभागीता रहेको थियो।


कार्यक्रममा अख्तियारका सूचना अधिकारी हुमागाईले हरिपुर नगरपालिका भित्रबाट मात्र अख्तियारको कार्यालय वर्दिवासमा १३ वटा उजुरी दर्ता भएको बताए । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्न अख्तियारले सबैमाआग्रह गरेको छ।