सर्लाही,असाेज-४,जिल्लाकाे लालबन्दी नगरपालिका-५, शान्तिटोलमा बिहिवार (आज) बिहानीपख लुटपाट भएको छ ।
अज्ञात हतियारधारी समूहले वडा कार्यालय छेउमा रहेको रामचन्द्र ठाकुरको घरमा बिहान अन्दाजी २ बजेतिर लुटपाट गरेको हाे ।


मुखमा रुमाल बाँधेर आएका ५/६ जनाको समूहले ठाकुरको घरबाट नगद गरगहनासहित अन्यत्र सामग्री लुटेर लगेका प्रहरीले जनाएको छ।
समूहमा आएका लुटेराकाे प्रतिकार गर्ने क्रममा ४५ वर्षीय ठाकुरकाे टाउकोमा चक्कु प्रहार भएको छ ।
लुटेरा समुहको चक्कु प्रहारबाट घाइते भएका ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।उनी केही दिनअघि मात्रै रोजगारीबाट फर्किएका थिए |
घटनाको अनुसन्धान र लुटपाटमा संलग्न व्यक्तिहरुको खोजीकाे लागि जिल्लाबाट पनि अनुसन्धान टोली खटिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र(पन्जियार) थारुले जानकारी दिए ।


उनका अनुसार लालबन्दीका इन्स्पेक्टरको नेतृत्वमा घटना लगत्तैप्रहरी परिचालन भएको छ ।घटनास्थलमा एक थान नलकटुवा पेस्तो फेला परेकाे छ । पीडित परिवारले प्रतिकार गर्ने क्रममा पेस्तोल झरेको हुनसक्ने डीएसपी पन्जियारले जानकारी दिए ।
घरको भान्सा तथा नजिकैको धान खेतमा रगतका टाटा देखिएका छन्‌ । लुटेराहरू घरको कमाउण्डवालमा र ग्रिल नाघेर घरभित्र प्रवेश गरेकाे हुनसक्ने प्रहरीको अनुमान छ ।