प्रतिकात्मक तस्विर

लालबन्दी,फागुन २ —पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी बजारमा शनिवार राती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लालबन्दी नगरपालिका–७, स्थित टेक्सास अस्पताल अगाडि भएको दुर्घटनामा लालबन्दी नगरपालिका–६, का ३५ वर्षीय संजिव कार्कीको मृत्यु भएको हो ।
राती साँढे १० बजेतिर पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ४ ख २११८ नम्वरको ट्रकमा कार्कीले चलाएको बा १० प ५०९४ नम्वरको मोटरसाइकल गएर ठोक्किएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
दुर्घटना लगत्तै कार्कीलाई घटनास्थलबाट उठाएर टेक्सास अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव पोष्टमार्टम लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ