सर्लाही,भदौ-३१,जिल्लाको बरहथवा नगरपालिका पूर्ण साक्षर पालिका बन्ने भएको छ । बरहथवा नगरपालिकालाई साक्षर बनाउन आईतवार (आज)निरक्षर व्यक्तिको विवरण संकलन तथा रणनीति तयार गर्न अन्तरक्रिया गरिएको हाे ।
बरहथवा नगरपालिकालाई पूर्ण साक्षर बनाउन साक्षर बरहथवा अभियान कार्यक्रमकाे कार्यतालिका सार्वजनिक गरिएको छ।


जसअनुसार असोज -७ गते निरक्षर व्यक्तिहरुको तथ्यांक संकल गर्ने, असोज १२ गते निरक्षर व्यक्तिहरुको तथ्यांक कम्प्युटरमा प्रबिष्ट गर्ने, असोज १४ गते कक्षा संचालन गर्न रणनीति तयार गर्ने , असोज १८ गते देखि मंसिर १८ गते सम्ममा साक्षरता विस्तार गर्न २ महिने कार्यक्रम संचालन गर्ने, मंसिर १९ र २० गते प्रमाणीकरण गर्ने , मंसिर २१ तथा २२ गते पूर्ण साक्षर पालिका घोषणा गर्ने कार्यतालिका सार्वजनिक गरिएको उक्त कार्यक्रमकाे साझेदार संस्था बाल विकास नेपालका अध्यक्ष वीरेन्द्र रायले जानकारी दिए ।


बाल विकास नेपालको सहजिकरण तथा बरहथवा नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा बरहथवा नगरपालिका पूर्ण साक्षर पालिका बनाउन साक्षरता सिकाइको ढाँचा, विधिलगायतका विषयमा छलफल गरिको थियो ।
सहजकर्ता प्रमोद मण्डलले नेपाललाई साक्षर बनाउन अर्बौ रुपैया खर्च भइसकेको भए पनि पूर्ण साक्षर घोषणा गर्न नसकिएको बताए । मण्डलले सर्लाही जिल्लामा सघन कक्षा सञ्चालन गर्नुपर्ने भएकाले यस विषयमा गम्भीर हुन आग्रह गरे।
कार्यक्रममा बरहथवा नगरपालिकाकी प्रमुख (मेयर ) कल्पना कटुवाल,प्रमुख प्रशासकीय अधिकृत,विभिन्न शाखाका कर्मचारी,शिक्षक तथा सञ्चारकर्मीकाे सहभागिता रहेको थियो ।