लालबन्दी,भदौ-२६,एनएमबी  बैंक लालबन्दी  शाखाले मंगलवार (आज)डिजिटल प्रावधान कार्यक्रम अन्तर्गत “नगद छोडौ QR रोजौ”  भन्ने मुल नारा साथ बृहत QR वितरण तथा डिजिटल भुक्तानी बारे लालबन्दी बजार र फुलजोरमा रहेका टेम्पाे चालकलाई QR साथ UV Reflector Jacket वितरण गरेको छ ।


बैंकका लालबन्दी शाखा प्रबन्धक अरुण आचार्यका अनुसार  करिब ४० जाना टेम्पो  चालकलाई QR तथा UV Reflector ज्याकेट बितरण गरिएको हाे ।
बैंकले सजिलो क्यूआर कर्जा कार्यक्रम अन्तर्गत चलाक हरुलाई क्युआर वितरण गरेको छ । जस मार्फत उनीहरूले  बिना धितो दुई लाख रुपैयाँसम्मको कर्जासमेत पाउन सक्ने बैंकले जनाएको छ । 


एनएमबीबैंकले हाल देशभरी २०१ शाखार, १४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान  गदै,आइरहेको  छ ।