चियाेचर्चाे खबर
पर्सा, फागुन—१ पर्सामा शनिवार नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर २ ले आयोजना गरेको आमसभामा बिभिन्न पार्टी परित्याग गरी ४ सय बढी नेपाली कांगे्रसमा प्रवेश गरेका नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्रकुमार रायले जानकारी दिए ।
बिभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रबेश, नबप्रबेशीलाई उपसभापति निधिले गरे स्वागत गरेका छन् ।
आमसभालाई सम्बोधन गर्दै उपसभापति निधिले प्रतिनिधिसभा बिघटन हुँदा जनप्रतिनिधिमूलक संस्थाको अभाब भएकोले संसद पुनस्र्थापना वा निर्वाचनका माध्यमबाट रिक्त प्रतिनिधिसभालाई पूर्णता दिनुपर्नेमा जोड दिए ।
निधिले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटनातर्फ धकेलेको बताउदै संसद विघटन सम्बन्धी असंबैधानिक, अलोकतान्त्रिक एवं अधिनायकवादी कदम विरूद्ध सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने बताय । संसद विघटन गरेर ओलीले जनताको जनादेशको अपमान गरेको निधिको आरोप छ ।
क्षेत्रिय उप–सभापति रुपेश कुमार (उर्फ बब्लु) को अध्यक्षता तथा केन्द्रीय उपसभापति निधीको प्रमुख आतिथ्यतामा आयोजित सभामा केन्द्रिय सदस्यहरु रामकृष्ण यादव, जंगिलाल राय, शम्भुलाल श्रेष्ठ र जिल्ला सभापति रायले सम्वोधन गरेका छन् । नेपाली कांगे्रसले आईतवार यसैगरी चन्द्रनगर गाउँपालिकाको बबरगञ्जमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको जनाएको छ ।