
सर्लाही,भदौ -२१,नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल तरूण दलका नेता कार्यकर्ताले जिल्ला सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ ।
तरुण दल जिल्ला कार्यसमिति सर्लाहीले पार्टीका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव माथि खुकुरी प्रहार गरि ज्यान लिन खोज्ने व्यक्ति तथा गिरोह तत्काल पहिचान गरि कानूनी दायरामा ल्याई कडाभन्दा कडा कार्वाही गर्न माग गर्दै बिहिवार (आज) सदरमुकाम मलंगवामा प्रदर्शन गरेका हुन ।

आफुहरूले पूव मन्त्रीकाेसमेत सुरक्षा दिन नसके वर्तमान सरकारका गृहमन्त्रीकाे राजीनामा माग गरि प्रदर्शन गरेको नेपाल तरूण दलका केन्द्रीय सदस्य लाेकहरि पाैडेलले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
पूर्व मन्त्री जस्तो गरिमा बाेकेका नेताकोसमेत सुरक्षा हुन्न भने आम नागरिकले कसरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न सक्छन्,उनलेे भने ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका सर्लाहीका अध्यक्ष धिरज दाहा,नेविसंघ सर्लाही काठमाडौं सम्पर्क समितिका सभापति लवहरि ढुंगेल,जिल्ला उपाध्यक्ष प्रवेश न्याैपाने लगायत तरून दल तथा नेविसंघका नेता कार्यकर्ताकाे सहभागिता रहेको थियोे ।
विरोध र्यालि सदरमुकाम मलंगवा स्थित बाल मन्दिर चाेकमा पुगेर काेण सभामा परिनत भएको थियोे । र्यालिका सहभागीले बाल मन्दिर चाेकमा टायर बालेर प्रदर्शन गरेका थिए।