काठमाण्डाै,भदाै –२० ,नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार काठमाण्डाैकाे भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा बुधवार(आज) आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हाे ।
नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक कुमोध ढुङ्गेले जानकारी दिए।
धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डाै जनाएको छ।
आक्रमणको कारण भने खुल्न सकेको छैन । घटनाका बारेमा अनुसन्धान शुरु गरेको जिल्ला प्रहरीले जनाएको छ।