लघुकथा
विवश पाैडेल…..✍️
एलएलसी परीक्षाकाे केन्द्र कहाँ पार्ने र केन्द्राध्यक्ष काे पार्ने ? भन्ने कुरामा निकै रस्साकस्सी भयाे।अन्त्यमा केन्द्र र केन्द्राध्यक्ष दुवैको टुङ्गो लाग्यो ।मर्यादित परीक्षा सञ्चालन गर्ने केन्द्र ,केन्द्राध्यक्ष र निरीक्षकलाई पुरस्कार दिने निर्णय भयाे।जिल्लामा धेरै केन्द्र भएकोले सबैमा ध्यान दिन त्यति सजिलाे थिएन।अनुगमन समितिले सकेसम्म राम्रैसँग अनुगमन गरेको थियाे।
एउटा केन्द्रमा अनुगमन गर्न जाँदा बाटो बिग्रिएकाेले अनुगमन टाेलीकाे गाडी फस्याे।टाेली पुग्दा परीक्षा अत्यन्तै मर्यादित भएकाे सूचना प्राप्त भयाे।बाटाे बिगार्ने टाेलीले कवुल गरेअनुसारकाे पैसा लिएर गयाे।
एकजना लालनाथ सरले त विद्यार्थीकाे उत्तरपुस्तिकामा आफैँ लेखिदिनुभएकाे थियाे।एकजना म्यामले भने साँच्चै मर्यादित परीक्षा लिनुभयाे।परीक्षा कडा गरेर विद्यार्थीकाे भविष्य वरबाद पारी भन्दै उहाँ र उहाँको पतिलाई समेत धम्की आयाे।
अन्त्यमा सबैभन्दा मर्यादित परीक्षा लिएकाेमा लालनाथ सरले उत्कृष्ट निरीक्षक,साेही विद्यालयका प्र अ ले उत्कृष्ट केन्द्राध्यक्ष र उक्त केन्द्रले उत्कृष्ट केन्द्रकाे पुरस्कार पायाे।
विवश पाैडेल/सर्लाही