चियाेचर्चाे खबर
लालबन्दी, माघ २९ —तामाङ समुदायको राष्ट्रिय सांस्कृति पर्व सोनाम ल्होछार पर्व २८५७ लाङ (म्हे) ल्हो सोनाम ल्होछार पर्वको अवसरमा नेपाली कांग्रेस हरिवन नगरसमितिले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेसका नगर सभापति रामशरण उप्रेतीको सभापतित्वमा भएको कार्यक्रम्मा बक्ताहरुले तामाङ समुदायको यो पर्वले कला, संस्कृतिको जगेर्नामा टेवा पुग्ने विस्वास व्यक्त गरे । सहभागी बक्ताहरुले पर्वले तामाङ समुदायमा हर्षोल्लासको सञ्चारहोस भन्ने शुभकामना व्यक्त गरेका युवा नेता तथा कार्यक्रम संचालक निरज कार्कीले जानकारी दिए ।
शुभकामना आदान प्रदान कार्यक्रमा नेपाली कांग्रेसका नेताहरु रामप्रसाद मैनाली,डोर प्रसाद भट्टराई, सोनी कुमारी बोम्जन (महिला नेत्री ) शेर बहादुर योञ्जन,अम्बर ठोकर,रामहरी न्यौपाने,नरेन्द्र भट्टराई, बिनोद कार्की, युवा नेता उमेश ठोकर, बुद्धिमान घलान लगायतको सहभागिता रहेको नेपाली कांग्रेसका युवा नेता निरज कार्कीले जानकारी दिए ।
तामाङ समुदायले माघ ३० गते मुसा वर्षलाई बिदाई गर्दै गाई वर्षलाई स्वागत गर्दै २८५७ औं सोनाम ल्होछार पर्व मनाउदै छन् ।
पर्वकै अवसरमा हरिवन नगरपालिका कार्यालयले माघ २९ र ३० गते दुई दिन सार्बजनिक बिदा दिईसकेको छ ।
ल्होछार पर्वको अवसरमा हरिवनको सूर्तिबिकास चौरमा माघ ३० गते देशकै चर्चित र्यापर भिटेन लगायत कलाकारहरु ल्याएर नेपाल तामाङ समूह हरिवनले एकदिने बृहद् ल्होछार सांस्कृतिक कार्यक्रम समेत गर्दैछ । यता लालबन्दीमा पनि ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङको आयोजनामा माघ ३० गतेदेखि फागुन ४ गतेसम्म भव्य सांस्कृतिक महोत्सव हुँदैछ ।