सर्लाही,भदौ,—११,नेकपा एमाले लालबन्दी नगर कमिटिको अध्यक्षमा युवा नेता सरोज न्यौपाने चयन भएका छन ।
नगर कमिटिको उपाध्यक्षमा दिपक लामा, सचिवमा कुल प्रसाद गौतम (शिवहरी), उपसचिवमा द्वय बर्षा लामा र सन्तोष राज रौनियार चयन भएका छन ।

नेकपा एमाले जिल्ला कमिटि सर्लाहीले केहिदिन अघि गरेको निर्णय अनुसार अहिले बिभिन्न कमिटिहरुमा युवालाई बिशेष प्राथमिकता दिने कार्य भएको उक्त पार्टीले जनाएको छ ।

लालबन्दी नगर कमिटि पूर्व अध्यक्ष बिक्रम भण्डारीका अनुसार बाँकी पदाधिकारी पार्टीको अर्को बैठकबाट टुंगो लगाइने छ । भण्डारीसहित युवा नेता उज्वल कार्की, महोन भण्डारी लगायत जिल्ला कार्यसमिति सदस्यमा मनोनित भएका छन ।
अव नेकपा एमालेले सर्लाही जिल्ला कमिटि १ सय ७५ जनाको भएको छ ।