लालबन्दी नगरपालीका वडा नं.-५ जरुवापानीमा भरखरै संचालनमा आएको नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र । तत्कालीन लालबन्दी गा.वि.स. वडा नं.-१ हाल लालबन्दी न.पा. वडा नं.-७ निवासी समाजसेवी श्री नारायण्राज जोशीले सर्लाही जिल्लाको उत्तरी क्षेत्रका गाँउ ठाँउहरु जस्तै नारायणखोला, परवानीपुरको सिरकालीन्जोर, देउराली र पत्थरकोट गा.वि.स. का विकट गाउँ वस्तीहरुमा आइपर्ने तत्कालीन विपद्जन्य जोखिमहरु जस्तै आगलागी बाढी पहरो हावाहुरी लगाएतका विपद्हरुमा पिडीतहरु सदरमुकाम सम्म धाइरहनुपर्ने आवस्थालाई मध्यनजर राखि तत्कालीन पिढीतहरुलाई सेवा पुर्याउने उद्देश्यले २०५४ साल (महिना एकिन हुनसकेन)मा तत्काल उपलब्ध समाजसेवीहरु श्री शम्भुलाल श्रेष्ठ, भरतप्रसाद गौतम, लोकबहादुर कार्की, धुर्व गौतम, ज्ञानवहादुर स्याङ्गतान, लक्ष्मण महत्तो लगायतका समाजसेवी साथीहरु जम्मा भेला गरि नेपाल’ रेडक्रस सोसाईटीबाट दुर्गम गाउँहरुमा तत्काल पिडितलाइ पुर्याउन सकिने सेवाहरुको बारेमा छलफल गरि ने.रे.सो. उपशाखा लालबन्दी गठन गर्नेगरि सहमति भयो र सोहि अनुरुप श्री नारायणराज जोशीको सभापतित्वमा समिती गठन गरी संचालन गर्ने भनि निर्णय भयो । सहमति अनुसार अन्य समाजसेवीसाथिहरु सदस्य रहने गरि समिती संचालनमा रहयो । तत्कालिन अवस्थामा नारायणरा जोशीको घरमा कार्यालय संचालनमा रहेको थियो । २०५४/२०५५ साल ताका बढदै गएको तत्कालिन माओवादी विद्रोहीहरुको (आन्दोलनका) कारण उक्त संस्थाले कुनै गतिविधिहरु संचालन गर्न सकेन ।
२०५५ साल देखि २०६४ सालसम्म सो अवधि भरि एउटा टिनको बाकसमा बन्द अवस्थामा राख्न वाध्य हुन पुगियो । पछि २०६७ सालमा ने.रे.सो. उपशाखाको नेतृत्व परिवर्तन गरि श्री धुर्वप्रसाद घिमिरेको नेतृत्वमा समिती गठन गरियो । यसै सिलसिलामा लालबन्दी सर्लाही जिल्लाको उत्तरी भेगमा पर्ने विपद जन्य जोखिम र आखाँका रोगीहरुको खास गरि मोतिया बिन्दुका रोगीहरु र धुवाधुलोका कारण आखाँको समस्या बडन गईरहेको कारण ने.रे.सो. जिल्ला शाखा सर्लाही तथा समाजका सरोकार वालाहरु मार्फत ने.रे.सो. श्री जानकी आखाँ अस्पताल जनकपुर मा सर्म्पक भई २०६५ साल कार्तिक २५ गते देखि हप्तामा एक पटक आखाँ जाच गर्ने काम सभापती श्री धुर्वप्रसाद घिमिरेबाट सुरु भएको पाईन्छ ।
२०६५ साल देखि २०७० साल सम्म जनकपुरबाट हप्तामा एक पटक आउने आखाँ जाच गर्ने कर्मचारीको सर्म्पूण खर्च आखाँ उपचार केन्द्रवाटै ब्यहोरोको पाईन्छ । उपरोक्त कार्यक्रमहरु संचालन गर्न सामजसेवी श्री माधव कोईराला ज्यू को नेतृत्वमा निर्माण भएको परोपकार भवनबाट भएको थियो । परोपकार संस्थामा रहनु भएका समाजसेवी महानुभावहरुवाट भवन उपलब्ध गराई सहयोग गर्नु भएको थियो । भवन उपलब्ध गराई सहयोग गर्नुहुने परोपकार संचालक समितीलाई यहाँ धन्यावाद नदिइरहन सकिन्न ।
तत्कालिन अवस्थामा हप्तामा २ दिन सोमवार र शुक्रवार मात्र आखाँ जाचको काम गरिएको थियो । त्यसपछि पटक पटक श्री जानकी आखाँ अस्पताल जनकपुरमा लिखित तथा मौखिक अनुरोध गर्दा २०७० साल भाद्र १४ गले देखि यस ने.रे.सो. सामुदायिक आखाँ उपचार केन्द्रमा एक जना नेत्र साहायक को दरवन्दी कायम भई आएको र सोहि मिती देखि दैनिक रुपमा आखाँ जाच भई आएको पाईन्छ । साथै २०६९ साल श्रावण महिनामा सभापति धुर्व घिमिरे र केहि समाज सेवीहरुको पहलमा मित्र राष्ट्र भरतका राजदुतावास मार्फत एक थान एम्बुलेन्स प्राप्त भएको पाइन्छ,। उक्त एम्वुलेन्सले हाल सहुलिएत दरमा विमारीहरुको सेवा गरिरहेको छ । सन् २०१३ देखि २०१५ सम्ममा ६२ वटा विद्यालयहरुमा आखाँ जाच गर्ने प्राविधिकहरु द्वारा विद्यार्थीहरुको आखाँ जाच गराई आवश्यता अनुसारको चस्मा र औषधि उपलब्ध गराईको थियो । उक्त कार्यक्रमलाई सरोकार वबालाहरुले उपलब्धीको रुपमा लिएको पाईयो । त्यसपछि वर्तमान कार्य समितीले सफलताका उपलब्धीहरुलाई पछयाउँदै भवन निर्माण तर्फ योजना अगाडि बढायो ।
२०७५ सालमा भवन निर्माण गर्ने उद्देश्यका साथ सन् २०१३ देखि २०१५ सम्म श्री जानकी आखाँ अस्पताल जनकपुर मार्फत आउने परीयोजनाबाट बचत गरिएको केहि रकम जम्मा गरि मैज्दाद गरीएको थियो । सो रकमबाट भवन निर्माणको निमित्त जग्गा उपलब्ध गराईदिनहुन भनि लालबन्दी नगरपालिका लगायत अन्य संघ सस्थाहरु समाजसेवी ब्यक्तिहरुलाई अनुरोध गर्ने गरी पत्रचार गर्ने काम सुरु गरियो । भवन निर्माणको निमित्त जग्गा प्राप्त गर्ने सिलसिलामा करिव १०/११ महिना अलमलमा पर्यो । पछि जेठ महिनामा नगरपालीकाबाट वडा न.- ५ जरुवापानीमा भोगाधिकार सहित २ कठ्ठा जग्गा उपलब्ध गराईएको थियो ।
तत्तपंस्चात तत्कालीन कार्यसमितिले भवन निर्माणको निमित्त आवस्यक तयारी पुरागरि २०७६ असार २४ गते तत्कालिन नगर प्रमुख श्री मान व. खड्का ज्यूबाट विधिवत सिलान्यास गरि निर्माण कार्य आरभ गरिएको थियो । सेहि अबधि देखि निर्माण भईरहेको ने.रे.सो. सामुदायिक आखाँ उपचार केन्द्र रेडक्रस) भवन हालसम्म पनि निर्माणाधिन अवस्थामा रहेको छ । आ.व.०७९/०८० मा सहरी विकास तथा भवन कार्यलय जनकपुर धाम धनुसाबाट प्राप्त रु. ३०,०००००/- तीस लाखबाट भवनको एक तल्ला थप गरी भित्री कामहरु बाँकी छ।
यस ने.रे.सो. सामुदायिक आखाँ उपचार केन्द्रबाट २०७९ सालमा ३२७ जना मोतिया विन्दुका रोगीहरुको सफता पुवक अप्रेशन गरिएको छ, र आखाँमा मासुपलाएका रोगीहरु ८ जनाको मासु हटाउने काम पनि सफलता पूर्वक सम्पन्न गरिएको छ । उक्त अप्रेशनको कार्य श्री जानकी आखाँ अस्पतालका मेडिकल डाईरेटर श्री डा. आशिश वोहरा संलग्न टोलीबाट गरिएको थियो ।
आफ्नौ भवन निर्माण भईसकेपछि आखाँका रोगीहरुको चाप वढन गई मिती २०८० साल वैशाख २० गते देखि नयाँ भवन वाट सेवा संचालन गरिएको छ । सोहि अवधि देखि श्रावण मसान्त सम्ममा नयाँ भवनबाट (२२०३) दुईहजार दुईसय तिन जना आखाँका रोगीहरुले सेवा प्राप्त गर्नु भएको छ । साथै आगामी आस्विन महिना देखि मोतिया विन्दुको अप्रेशन महिना मा एक पटक यसै भवनमा हुने छ।
इतभए ने.रे.सो. लालबन्दी उपशाखा स्थापना देखि ने.रे.सो. सामुदायिक आखाँ उपचार केन्द्र स्थापना सम्मको यर्थाथ नालीवेली उपरोक्त कामहरु ने.रे.सो. सामुदायिक आखाँ उपचार केन्दको भवन निर्माण सम्म यो पक्तिकारको पनि अतुलनिया योगदान रहेको छ ।
यो भवन निर्माण सुरु भएदेखि नै लालबन्दी न.पा.का जनप्रतिनिधि ज्यू हरुको चासोको विषय बन्न सकेन । यसै भवनबाट रक्तसंचार सेवा ( Blood Bank ) समेत संचालन गर्ने उद्देश्य राखिएको छ । म यस नगरका वासिहरुलाई ने.रे.सो. सामुदायिक आखाँ उपचार केन्द्र लाई अझ बढि सहयोग र माया गरि यस सामुदायिक आखाँ केन्द्रलाई अगाडि बडाईदिनहुन अनुरोध गर्दछु। हालसम्म कुनै राजनिति दल संगठन को कुनै प्रभाव नपरोको यस आखाँ उपचार केन्द्रलाई श्री जानकी आखाँ अस्पताल जनकपुर सँग दरिलो सम्वन्ध कायम गरि स्वतन्त्र रुपले संचालन गरि लालबन्दी नगरको नमुनाको रुपमा अगाडि वढाउने वर्तमान कार्यसमितिको प्रयास जारी रहने छ।
भरत गौतम
लालबन्दी न.पा. १६ परवानीपुर
हाल ने.रे.सो. उपशाखा सचिव एवम्भ वन निर्माण समिती संयोजक