कृष्ण थपलिया /सर्लाही भदौ -९,नेपाल सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवले नेपालकाे इतिहासमै सवैभन्दा लाेकप्रिय सरकार प्रचण्ड नेतृत्वकाे वर्तमान सरकारकाे रहेको दाबी गरेका छन् ।
गठबन्धनको सरकारले बिकास र सुशासनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरदा प्रतिपक्ष आत्तिएर गठबन्धनमा कसरी फुट ल्याउ सकिन्छ भन्ने दाउपेचमा लागेको तर्क गरे । उनले अहिलेकाे गठबन्धन सरकार कुनै पनि हालतमा ५ वर्ष चल्ने दाबी गरे ।
शनिवार (आज) कविलासी नगरपालिकामा निर्माण गरिएको पशु सेवा भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बाेल्दै, मन्त्री यादवले यस्तो बताएका हुन ।
उनले नेपालमा सामुहिक खेती प्रणालीकाे बिकाश गर्न आवश्यक रहेको बताए । बैज्ञानिक ढंगले सामुहिक पशुपालन तथा कृषि कार्य गर्न सके नेपाली युवाले विदेश जानुपर्ने बाध्यताकाे अन्त्य हुने बताए ।
नेपाल सरकारले विश्व बैंककाे सहयोगमा मधेस प्रदेशमा सामुहिक कृषि कार्यकाे लागि लगानी गरिरहेकाले यसबाट लाभ लिन मन्त्री यादवले किसानलाई आग्रह गरे ।
सरकारले पशु बिमा मा ८० प्रतिशत अनुदान दिएको बताउँदै खानेपानी मन्त्री यादवले आफ्नो पशुधनकाे बिमा गराई सुरक्षित रहन किसानहरूलाई आग्रह गरे ।
विशिष्ट अतिथि सर्लाही क्षेत्र नं २ (ख) का सांसद काैशल किशोर रायले आफू पनि काम नगर्ने अरूलाई पनि गर्न नदिने प्रवृत्ति दुःखद रहेको बताए । उनलेे बिकाशका लागि मेयरले चाहेर मात्र नहुने बताउँदै मेयरलाई राजनीतिक दवाब दिने कार्य ठिक नभएको तर्क गरे । उनले शिक्षा स्वास्थ र कृषिकाे बिकासमा आफूले सवैसँग समन्वय गरेर काम गर्ने बताए ।
कविलासी नगरपालिका का पूर्व मेयर काैशल यादवले नगरको बिकासमा व्यापक भ्रष्टाचार हुने गरेको आराेप लगाए ।
कविलासी नगरपालिका मेयर ब्रम्हदेव यादवले भ्रष्टाचार भएको प्रमाणित गरेर देखाउन चुनाैती दिए ।
नगर प्रमुख यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर इनाेभेसन आयाेजनाका निर्देशक उमेश दाहालले २ कराेडकाे लागतमा निर्माण सम्पन्न भएको पशु सेवा भवन विधिवतरूपमा नगर प्रमुख यादवलाई हस्तान्तरण गरे थिए ।