बारा,भदौ-७,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस खाेलामा खस्दा ७ जनाको मृत्यु भएको छ ।
चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट करि १०० मिटर दक्षिणतर्फको खोलामा खसेको हाे । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश बस बुधबार राति करिब १ बजेको तिर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डीएसपी)प्रदीपबहादुर क्षेत्रीका अनुसार दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेका छन् ।
दुर्घटना ग्रस्त प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बसका चालक भने फरारकाे डीएसपी क्षेत्रीले जानकारी दिए ।