सर्लाही,भदौ-६,मृगौला पीडित बिरामी अन्जना (खड्का) राउतलाई जाल्पा सामुदायिक लघुवित्त संस्थाले आर्थिक सहयोग गरेको छ ।
लालबन्दी-५, मेजरगन्जमा रहेको संस्थाले बुधवार (आज) एक कार्यक्रमकाे आयोजना गरि पीडित बिरामी अन्जना खड्का राउतलाई आर्थिक सहयोग गरेको हाे ।
कार्यक्रमका प्रमुख अतिथि लालबन्दी-५,का वडाध्यक्ष मीन प्रसाद ढुंगेल (रामुले) संस्थाद्वारा प्रदान गरिएको नगद १० हजार रूपैयाँ आर्थिक सहयोग बिरामी राउतका परिवारलाई हस्तान्तरण गरेका हुन ।
सामुदायिक तथा संस्थागत उतरदायित्व कार्यक्रम अन्तर्गत संस्थामा आबद्ध सदस्यसमेत रहनुभएकी राउतकाे उपचारको आर्थिक सहयोग गरिएको संस्थाका शाखा प्रवन्धक सुवन पाण्डेले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
संस्थाले आबद्ध सदस्यहरूलाई सुत्केरी तथा बिरामी हुँदा आर्थिक सहयोग प्रदान गर्दै आएको छ । अन्जनाकाे अहिले काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।