लालबन्दी, माघ २९ — सर्लाहीको हरिवनमा बिहिवार बहुजन समाज परिषद् नेपाल गठन गरिएको छ । प्रदेश नं २ को १ सय ३६ स्थानीय तहमा संगठन विस्तार गर्ने योजना अनुरुप हरिवनको ताईवान बस्तीमा जोख बहादुर मोक्तान अध्यक्ष रहने गरि २७ सदस्यीय बहुजन समाज परिषद् नेपाल गठन गरिएको बहुजन समाज परिसद् सर्लाहीले जनाएको छ ।

जसको उपाध्यक्षमा नथुनी महतो ,सचिव प्रेमा पासवान, सह—सचिव  बुद्ध बहादुर ब्लोन, कोषाध्यक्ष सोम माया स्याङबो लगायत रहेका परिसद्ले जनाएको छ ।  बहुजन समाज परिषद्का वरिष्ठ नेता ,राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको परिषद्ले जनाएको छ । बहुजनलाई शासक बनाउने परिसद्को लक्ष्य रहेको बहुज समाज परिषद्का बरिस्ठ नेता राजाराम पासवानले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सर्लाहीमा ११, सिराहमा ३, महोत्तरीमा २ र रौतहटमा १ स्थानीय तहमा परिषद् गठन भईसकेको छ ।