सर्लाही,साउन -३१,नेपाली कांग्रेस  केन्द्रिय समितीको निर्णय अनुसार देशैभरि भइरहेको विशेष आन्तरिक अभियान अन्तर्गत बुधवार (आज) जिल्लाकाे  क्षेत्र नं १ ईश्वरपुरमा कार्यक्रम सम्पन्न भएको छ ।


ईश्वरपुर  उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा  उल्लेखनीय नेता कार्यकर्ताको उपस्थितिमा रहेको विद्यार्थी  नेता लबहरि ढुङ्गेलले चियाेचर्चाे खबरलाई जानकारी दिए ।


सर्लाही क्षेत्र नं १ का उपसभापति सिताराम दाहालको सभापतित्व तथा नेपाली कांग्रेस  पुर्व आमन्त्रित केन्द्रिय सदस्य एवम्  मन्त्री सम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता मदेश प्रदेश प्रतिनिधि सुर्य बहादुर थापा, जिल्ला प्रतिनिधि सचिव निरज कार्कीकाे बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
विद्यार्थी नेता ढुङ्गेलका अनुसार पुर्व मन्त्री श्रेष्ठले पार्टिलाई बलियो बनाउन आफु सबै साथिहरूसंग पार्टीमा भएको सम्पुर्ण क्रियाकलापको समिक्षा गर्न तयार रहेको बताए ।
कार्यक्रममा पुर्व क्षेत्रीय सभापति प्रमोद बराल, नेपाली काङ्ग्रेसका नेताहरु शेख सहदुल्हा, मदन बि.क., रामबाबु साह, प्रसान्त आचार्य, नारायण गुर्माछान, चन्द्रीका साह, कृष्ण कुमार कार्की (गोपाल), लगायतले मन्तव्य राखेका थिए ।
पुर्व निर्धारित कार्यतालिका अनुसार कार्यक्रम भएको भएपनि संस्थापन पक्षकाे बाक्लो उपस्थिति देखिए पछि, संस्थापनइतर समुहका मानिने क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले विषेश कारणवश भन्दै,  कार्यक्रम स्थगित भएको सूचना सार्वजनिक गरेका कार्यक्रममा सहभागी एक नेताले जानकारी दिए ।