राजु तामाङ/सर्लाही
साउन -२८, नेपाल शिक्षक महासंघले सर्लाहीको २० वटै स्थानीय पालिकामा धर्ना दिएका छन । केही दिन देखि आन्दोलित रहेकाे महासंघले आज देशव्यापी रुपमा धर्ना दिएकाे हुन ।


जस अनुसार आइतवार हरिवन नगरपालिका घेराउ घरी हरिवनका शिक्षकहरुले ३ घण्टा धर्ना दिए ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको सर्कुलर अनुसार नेपाल सरकार मन्त्री परिषदबाट पारित भई संघीय संसदमा पेश गर्न लागिएको शिक्षा ऐन प्रति आपत्ती जनाउँदै देशका ७५३ वटा स्थानिय तहमा नेपाल शिक्षक महासंघको नेतृत्वले पहिलो चरणको कार्यक्रम अन्तर्गत पालिका स्तरिय धर्ना कार्यक्रम गरेको हो ।
महासंघको सर्कुलर अनुसार हरिवन नगरपालिकामा पनि नेपाल शिक्षक महासंघका अध्यक्ष पुष्कर बुढाथोकीको अध्यक्षतामा करिब २०० शिक्षक तथा कर्मचारीहरुको उपस्थितिमा ११ बजे देखि २ बजे सम्म धर्ना कार्यक्रम भएको थियो ।


कार्यक्रमको अन्त्यमा आवद्ध संघ संगठनका अध्यक्ष सहित महासंघ अध्यक्ष पुष्कर बुढाथोकीले सम्बोधन गरेका थिए ।
बुढाथोकीले आगामी ३० गते ७७ वटै जिल्लाकाे शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना कार्यक्रम रहेको र त्यसपछि सर्कुलर अनुसार प्रदेश स्तरीय कार्यक्रम गरिने बताए ।
सम्बोधनको क्रममा वर्तमान सरकारले जारी गर्न तयारी पारेको शिक्षा ऐन विभेदकारी रहेको यसले शिक्षाका तमाम समस्याको समाधान गर्नुको साटो शिक्षाकर्मीकाे तेजोबध गर्ने गरि आएकोले तत्कालै संसोधन आवश्यक रहेको बताए  ।
शिक्षा ऐनले बाल विकास शिक्षक, विद्यालय कर्मचारी, अस्थायी, राहत, साविक उच्च मा. वि.का शिक्षकसहित स्थायी शिक्षकहरुको विभिन्न समस्याहरु समाधान गर्ने गरि शिक्षा ऐन जारी हुने भनि शिक्षक महासंघसंग पटक पटक गरिएको सम्झौता प्रति वर्तमान सरकारले कुठाराघात गरेको बताए । मागहरु सम्बोधन हुने गरि शिक्षा ऐन सम्सोधनसहित जारी नभएमा आन्दोलनका थप कठोर कार्यक्रमहरु सार्वजनिक हुने र यसको जिम्मेवारी वर्तमान सरकारले लिनु पर्ने उनले बताए  ।