सर्लाही,साउन–२७,जिल्लाको लालबन्दी नगरपालिका –६ स्थित कालिन्जोर पुलबाट करिब १५—२० मिटर दक्षिण जंगलमा फेलापरेको टाउको नभएको पुरूषको शरीर(शव) भारतीय नागरिक २३ वर्षीय अभिशेष राजकै भएको पुष्टि भएको छ ।
सर्लाही प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसारसाँझ सवा ६ बजे तिर भेटिएको टाउको नभएको (शव)को परिवारका सदस्यदले राति पहिचान (सनाखत) गरेका हुन।


भारत सितामाढी जिल्ला मनियारी घर भएका अभिशेष साउन २० गते साथीसँग घुम्न सर्लाही आएका थिए। उनीसँग सर्लाही घुम्न आएका अन्य तीनजना अहिलेसम्म पनि परिवारको सम्पर्कमा नआएकाले अभिशेषको हत्या साथीहरुले नै गरेको हुनसक्ने सर्लाही प्रहरीको अनुमान छ। मृतक अभिशेषसगै नेपाल आएका अन्य तीन जना परिवारको सम्पर्क नआएको बुझिएको छ । उनिहरुको भारतीय प्रहरीसँग समन्वय गरि खोजी भइरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा कतै हत्या गरेर यहाँ ल्याएर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बिहीबार बिहान हरिवन नगपालिका—४ सासापुरस्थित लखनदेही पुल मुनि स्थानीयले काटिएको पुरुषको टाउको बालुवामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। परिवारले सनाखत गरे पछि टाउको शुक्रवारनै पोष्टमार्टका लागि काठमाण्डौं पठाइएको थियो ।


टाउको नभएको शरीर भने पोष्टमार्टका लागि शनिवार (हिजो) साँझ प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । बिहिवार लखन्देही नदीको पुल मुनि धारिलो हतियारले काटेर फालेको पुरुषको टाउकाको भारतीय नागरिक २३ वर्षीय अभिशेष राजको भएको शुक्रवारनै पहिचान भएको थियो ।हत्याका घटना बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् । यो क्रम बढ्दै गएर सर्लाही पनि भारतको बिहार जस्तै त हुने हैन भन्ने स्थानीयको आशंका छ । प्रहरीले दिएको जानकारी अनुसार यस अघि घटना स्थल लालबन्दी —१७ लेखिएकोमा सच्याइएको छ ।