सर्लाही,साउन-२७,जिल्लाकाे लालबन्दी नगरपालिका -१७ स्थित कालिन्जाेर पुलबाट करिब २० मिटर दक्षिण जंगलमा टाउको नभएको एक पुरूषकाे   शरीर  फेला परेकाे छ ।
टाउको नभएको लास भेटिएकाले  उक्त शरीर  बिहीवार बिहान  लखन्देही पुल मुनि भेटिएको  टाउकाेकै हुनसक्ने प्रहरीको अनुमान छ ।


स्थानीयले टाउको नरहेको शरीर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।टाउको नभएको शरीर पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको  सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेन्द्र पंजियार थारूले चियाेचर्चाे खबरलाई जानकारी दिए । उनका अनुसार साँझ सवा ६ बजे तिर भेटिएको लासकाे पहिचानका लागि परिवारका सदस्यलाई बाेलाइएकाे छ ।
बिहिवार लखन्देही नदीको पुल मुनि धारिलो हतियारले काटेर फालेको  पुरुषको टाउकाको भारतीय नागरिक २३ वर्षीय अभिशेष राजको भएको शुक्रवार पहिचान भएको थियो ।


भारत सितामाढी जिल्ला मनियारी घर भएका अभिशेष साउन २० गते साथीसँग घुम्न  सर्लाही आएका थिए। उनीसँग सर्लाही  घुम्न आएका अन्य तीनजना अहिलेसम्म पनि परिवारको सम्पर्कमा नआएकाले अभिशेषको हत्या साथीहरुले नै गरेको हुनसक्ने सर्लाही प्रहरीले अनुमान गरेको छ। 
भारतबाट सर्लाही आइपुगेका मृतक अभिशेषका बाबु  राम दिवाकर सहित आफन्तले  टाउको अभिशेषको भएको बताएका थिए ।
बिहीबार बिहान स्थानीयले काटिएको पुरुषको टाउको बालुवामा छोपिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक अभिशेकसगै नेपाल आएका अन्य तीन जना परिवारको सम्पर्क नआएकाे बुझिएको छ।
हत्याका घटना बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् । याे क्रम बढ्दै गएर सर्लाही पनि भारतकाे बिहार जस्तै हुने हैन भन्ने स्थानीयकाे आशंका  छ ।