सर्लाही,साउन—२५,नेपाली कांग्रेसको “आन्तरिक विशेष अभियान” अन्तर्गत सर्लाहीमा बिहिवार जिल्ला स्तरीय कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह को सभापतित्व तथा केन्द्रीय सदस्य मन्जु यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा २८ गत्तेबाट जिल्लाका चारवटै क्षेत्रमा अन्तरक्रिया गर्ने निर्णय भएको जिल्ला सचिवा निरज कार्कीले जानकारी दिए। ।
पार्टी कार्यालय मलंगवामा सम्पन्न कार्यक्रमा पूर्व केन्द्रीय सदस्य एवम् प्रदेश सांसद जंगिलाल राय,पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ,प्रदेश सांसद कौशल किशोर राय,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, जिल्ला कार्यसमिति पदाधिकारी,भातृ तथा शुभेच्छुक संस्थका प्रमुखहरुको सहभागिता रहेको थियो ।