कृष्ण थपलिया

मलंगवा,माघ २९ – सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका मालिक राकेश अग्रवाललाई बुधबार एक महिनाको हाँजिरी जमानीमा उपस्थित हुने गरी नवलपरासीतर्फ पठाईएको छ ।

वर्षौंदेखिको करोडौं रकम भुक्तानी नगरेर ठगी गरेको आरोपमा पक्राउ परेका अग्रवालले सर्लाहीका उखु किसानको १७ करोड सातलाख १६ हजार ८५ रुपैंया ५६ पैसा किसानलाई खाता मार्फत भुक्तानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले तथ्यांक र कागजातका आधारमा किसानको बक्यौता भुक्तानी भईसकेको भने पनि अझै धेरै किसानले रकम भुक्तानी नपाएको बलरा नगरपालिका १० सुदामाका किसान उपेन्द्र सिंहले चियोचर्चो खबर संगको भने ।

एक सरकारी कार्यालको अधिकृत समेत रहेका सिंहले आफ्नो ९२ हजार ६ सय ७१ रुपैया बाँकी रहेको बताए । आफुहरु जस्ता ताकेता गरिहने व्यक्तिले समेत भुक्तानी नपाईरहेको अवस्थामा सवै किसानको भुक्तानी भयो भन्नु आसचर्यको बिषय रहेको बताए ।

एता अझैपनि सर्लाहीका कोही किसानको उखुको रकम बाँकी हुनसक्ने भन्दै सरकारले रोक्का राखेको अग्रवालको बैंक खातामा ४ करोड ३७ लाख ११ हजार ६६७ रुपैंया बाँकी राखिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । भुक्तानी लिन बाँकी रहेकाकिसान प्रमाण सहित आएको खण्डमा अग्रवालको सोही खाताबाट किसानको बाँकी भुक्तानी गरिदिने प्रहरी उपरीक्षक राठौरले भनाई छ ।

सर्लाहीका उखु किसानको बक्यौता तिरेपनि पश्चिम नवलपरासीमा अग्रवालकै स्वामित्वमा रहेको नवलपरासीको इन्दिरा सुगर एण्ड एग्रो प्रा.लि. गंगापुरले त्यस क्षेत्रका किसानको ४ करोड ७० लाख रुपैंया तिर्न बाँकी छ । त्यहाँका किसानले दिएको लिखित उजुरीका आधारमा नवलपरासी प्रहरीले पनि अग्रवाल विरुद्ध ठगी मुद्धामा कार्बाही प्रकृया अगाडी बढाभएको हो ।

जिल्ला प्रहरी कार्यालयको पत्राचारको आधारमा अग्रवाललाई पुनः हिरासतमा लिएर सर्लाही प्रहरीले नवलपरासी प्रहरीको जिम्मा लगाउन पठाएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । उनलाई  त्यहाँ ईलाका प्रहरी कार्यालय बेलटाँडीको हिरासतमा राखिने छ ।

तथ्यांक र कागजातका आधारमा किसानको सर्लाहीका किसानको बक्यौता भुक्तानी भईसकेको र थप कसैको तिर्न बाँकी भए बैंक खातामा मौज्दात राखिएकाले अग्रवालको अदालती मुद्धा प्रकृया टुंग्याई नवलपरासी प्रहरीको जिम्मा लगाउन पठाएको हो ।