काठमाडौ साउन २०,नेपाली हिन्दु नारीहरुको महान पर्व तिज आउन केही समय बांकि नै छ तर हरेक बर्ष झैं यस बर्ष पनि तिजका गीतहरुले बजार भने ब्यापक रुपमा तताउन थालिसकेका छन।


यिनै प्रतिस्पर्धाको बजारमा रहेर रुची घिमिरेले शुक्रवार आफ्नो पछिल्लो नयाँ तिजी सौगात स्वामीज्यू सार्वजनिक गरेकी छिन् । गायीका घिमिरेको आफ्नै रचना र सुमधुर  स्वरमा रहेको गीतमा संगीतकार सुमन वैरागीले संगीत भरेका छन भने  संगीत संयोजनको  महत्वपूर्ण  भूमिका विपिन आचार्यले निर्वाह गरेका छन्।
जिवि आग्राीको निर्देशन रहेको तिज गीत स्वामीज्यूमा अन्जु सुनवार, दुर्गा भट्ट, नरेश विरसीं , अशोक विके लगायतका कोरस टिममाथि दृष्याङ्कन गरिएको छ, भने गितको छायाङ्कन नरेश एैरले गरेका छन ।


त्यस्तै भिडियो पोस्टको काम राग भिजन मल्टिमुभिज प्रालिले गरेको छ । रुची घिमिरेले यसअघि पनि शिव जिले शक्ति  देउन तिज गीत र गालैमा कोठी लगायतका थुप्रै मनोरम गित बजारमा ल्याइसकेकी छिन ।