सर्लाही,साउन-१६,जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई सर्लाही प्रहरीले ११ वर्ष पछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साबिक बरहथवा गा.बि.स. वडा न.-७ का उदय कुमार पंडित रहेका छन् ।
प्रहरीका अनुसार पंडितले २०६६ साल जेठ २ गतेका दिन अन्दाजी ४ बजेको समयमा साेही ठाउँ बस्ने जाहेरवालाको ६ वर्षीया नावालिक छोरीलाई जबरजस्ती करणी गरी भागेका थिए ।
पंडितलाई जबरजस्ती करणी मुद्दामा सर्लाही जिल्ला अदालतको मिति २०६९ असार ३१ गते १२ वर्ष कैद र ५० हजार क्षतिपूर्ति फैसला गरेको थियो ।
पीडक प्रतिवादी पंडितलाई प्रहरीले उसकै गाउँमा लुकीछिपी बस्दै गरेको अवस्थामा साउन १४ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका प्रतिवादी उदय पंडित (कुम्हार)लाई सर्लाही जिल्ला अदालतमा पेश गरीएकोमा निज प्रतिवादीलाई सजाय भुक्तानको लागी कारागार कार्यालय सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार (थारु)ले जानकारी दिए ।