सर्लाही,साउन-१५,जिल्ला समन्वय समिति सर्लाहीको आयोजना तथा समन्वय समिति प्रमुख काैशल किशोर सिंहकाे अध्यक्षतामा साेमवार(आज) सम्पन्न सर्वदलीय/सर्वपक्षिय बैठकले जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
बैठकले पशुमा महामारीको रुपम फैलिएको लम्पीस्किन रोगको भ्याक्सिन उपलब्ध गराउन,उखु किसानले भुक्तानी पाउन बाकी र सरकारले उपलब्ध गराउने भनेको अनुदानकाे रकम अविलम्ब भुक्तानी गर्न /गराउन संघ तथा प्रदेश सरकार संग माग गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति प्रमुख ,कृषि कार्यालय, जिल्ला पशु कार्यालयका प्रमुखसहितको सर्वदलिय, सर्वपक्षिय बैठकले जिल्लाको बागमती सिंचाइ आयोजनाको सिंचित क्षेत्र, मनुसमारा सिंचाइ आयोजनाको सिंचित क्षेत्र, बाहेक भुमिगत सिंचाइबाट खेती गर्ने कुल क्षेत्रफलको ५० प्रतिशत भन्दा कम क्षेत्रफलमा रोपाइ भएको, रोपेको राेपाे पनि सुक्दै गएको भुमिगत सिँचाइको स्रोत सुक्दै गएकाले सतह सिंचाइबाट सवै ठाउँमा पानी नपुग्ने भएकाले जिल्लाको मुख्य अन्न बाली धान जिल्लाको नागरिकलाई खानै अपुग हुने ठहर गरेको छ।
पानी पर्ने मुख्य सिजन साउन १५ सम्म पनि वर्षा हुन नसकेकाले यस वर्ष प्रयाप्त धान रोपाइ हुन नसक्ने र पानी तथा सिंचाइको प्रवन्ध हुन नसक्ने देखिएकोले सर्लाही जिल्लालाई सुखा क्षेत्र घोषणा गरी किसानलाई प्रत्यक्ष लाभ हुने गरि अगामि बालिको लागि मल खाद्य बिउका साथै राहतको लागि संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने बैठकले सर्वसहमत निर्णय गरेकाे छ ।
यस्तो छ बैठककाे निर्णय 👇️
बैठकले जिल्लाको पशुहरुमा व्यापक रुपमा देखापरेको लम्कीस्किन रोगबाट पशुधनमा क्षति पुगेकाले यथाशीघ्र ३ लाख लम्कीस्किन रोग विरुद्धको खोप उपलब्ध गराई दिन संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने सर्वसहमत निर्णय गरेको छ ।
त्यस्तै बैठकले जिल्लामा संचालित चिनि मिलहरुमध्ये अन्नपुर्ण सुगर मिल घनकौल र महालक्ष्मी सुगर मिल गोडैता ६ वगदले किसान संग खरिद गरेको उखुकाे रकम हालसम्म भुक्तानी नगरेकोले तत्काल मुक्तानी गराइ दिन र नेपाल सरकारले कृषकहरुलाई दिने भ्याट बापतको अनुदान रकम प्रति क्विन्टल ७० रूपैयाँसमेत भुक्तानी बाकी रहेकाले किसानहरुलाई दैनिक व्यवहार चलाउन , मल खाध प्रयोग गर्न कठिनाइ भइरहेकोले अविलम्भ भुक्तानी गर्न संघीय सरकारसँग अनुरोध गर्ने सर्वसहमत निर्णय गरेको छ ।