सर्लाही,साउन-१०,जिल्लाको बयलबासमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्युु भएको  छ।


दुर्घटनामा परी मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका- ६, घर भई  हाल राष्ट्रिय अनुसन्धान मलंगवामा कार्यरत प्रहरी निरीक्षक वसन्त साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ। 
साह सवार बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल मंगलवार  राति  फुलजोड -त्रिभुवननगर सडकखण्ड अन्तर्गत  खोरिया पुल नजिक दुर्घटनामा परेको थियोे ।


स्थानीयले मोटरसाइकल पल्टिएको ठाउँदेखि  केही पर आज बुधवार बिहान साहको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुर्घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले  जानकारी दिएको छ।