Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT

मलंगवा माघ २८ – गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा भएको एक राजनैतिक भेलामा नेपाल कम्युनिष्ट पार्टीकी विघटित संघीय सांसद् रामकुमारी झाँक्रीले सार्वजनिक रुपमा दिएको अभिव्यक्ति आपत्तिजन रहेको भन्दै कानूनी कार्वाहीको माग गरिएकाे छ ।सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अखिल नेपाल महिला संघमा आवद्ध महिलाहरुले तुरुन्त पक्राउ गरी कानूनी कठघेरामा उभ्याउन माग गरेका हुन ।
बुधबार सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन–पत्र बुझाउँदै अनेमसंघमा आवद्ध महिलाहरुले काठमाडौं निवासी निवर्तमान सांसद् रामकुमारी झाँक्रीले नेपालको गणतन्त्रको प्रतिक सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीको चारित्र हत्या गर्दै विभिन्न लाञ्छाना, गाली बेईज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपति पदकै हुर्मत लिएको भन्दै तुरुन्त पक्राउ गरी कानूनी कठघेरामा उभ्याउन माग गरेका हुन ।
ज्ञापन पत्रमा सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीको चारित्र हत्या गर्ने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेको प्रति अनेमसंघ घोर भत्र्सना गर्दछ भनिएको छ । ज्ञापन पत्रमा मर्यादा र गरिमाको संरक्षण गर्ने प्रमुख जिम्मेवारी नेपाल सरकारको भएकाे भन्दै निजलाई तुरुन्त पक्राउ गरी प्रचलित कानून बमोजिम हदैसम्म सजाय गर्न आग्रह गरिएको छं ।
अनेमसंघ केन्द्रीय सदस्य तारादेवी सुबेदीको हस्ताक्षर रहेको ज्ञापन–पत्र प्रजिअ पौडेललाई उनकै कार्यकक्षमा बुझाईएको हो । महिला नेतृहरुले ज्ञापन–पत्र सँगै नेतृ झाँक्रीले बोलेको भिडियो क्लिप समेत बुझाएका छन् ।
ज्ञापन पत्र बुझाउन सुबेदी सहित पार्वती विश्वकर्मा, सीता थापा लगायत आधा दर्जन महिला नेतृहरु जिल्ला प्रशान कार्यालय सर्लाही पुगेका थिए ।