सर्लाही,साउन -९,नेपाली कांग्रेसका केन्द्रिय सदस्य आरजु राणा देउवाले भारतबाट एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार बुझाउनुपर्ने भनेर सरकारले गरेको निर्णय व्यवहारिक नभएको तर्क गरेकी छिन् ।
उनलेे अव्यवहारिक निर्णय तुरुन्त सच्याउन आवश्यक रहेको बताइन् । उनले आफू सत्तारूढ दलको सांसद भएको नाताले निर्णय सच्याउन पहल गर्ने बताइन् ।बुधवा दिउँसो सर्लाही क्षेत्र नं. ४ ले धनकौल गाउँपालिका-२, स्थित धनकौल बजारमा आयोजना गरेको क्षेत्रीय सम्मेझ तथा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै कांग्रेस नेतृ देउवाले यस्तो बताएकी हुन ।
उनले ३६४ दिनसम्म कांग्रेस हुने र मतदानको एक दिन अन्य पार्टीमा लाग्नेहरुका कारण नेपाली कांग्रेसले चुनावमा साेेचेजस्ताे परिणाम ल्याउ नसकेको बताइन् ।
सभालाई सम्बाेधन गर्दै, अर्का केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले ६० वर्षसम्म पनि मधेश कांग्रेसको गढकै रुपमा रहेको बताउदै खुसी व्यक्त गरे ।
क्षेत्रीय सभापति तथा धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहको सभापतित्वमा सम्पन्न सम्मेलनलाई कांग्रेस मधेश प्रदेशका सभापति तथा मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णा यादव, मधेश प्रदेशका उपसभापति तथा स्वास्थ्यमन्त्री वारिन्द्रप्रसाद सिंह, मधेश प्रदेशसभा सदस्य जङ्गीलाल राय, कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, पूर्व राज्यमन्त्री नागेन्द्र राय, शम्भुलाल श्रेष्ठ कांग्रेस सर्लाहीका कोषाध्यक्ष बिगु चौधरी, ईश्वरपुरका मेयर मनोजकुमार आचार्य, हरिपूर्वाका मेयर विनोद साह तेली, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोलगायतले सम्वोधन गरेका थिए ।
कार्यक्रममा मधेस प्रदेश समितिकी सदस्य शर्मिला थापाको स्वागत मन्तव्य राखेकी थिइन् ।कार्यक्रममा नेपाल प्रेस युनियन सर्लाहीले केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवा अर्का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा मधेस प्रदेश सभापति एवम् मन्त्री कृष्णप्रसाद यादव,उपसभापति एवम् स्वास्थ मन्त्री वीरेन्द्र प्रसाद सिंहलाई दाेसल्ला ओढाएर सम्मान गरेको थियो ।
केन्द्रिय सदस्य डाक्टर देउवालाई कांग्रेस नेता तथा कार्यकर्ताहरूले सर्लाही र महाेत्तरीकाे सीमावर्ती क्षेत्र बाँके जंगलबाटै भव्य स्वागतकासाथ कार्यक्रम स्थल धनकाैल पुर्याएका थिए ।।