सर्लाही,साउन –९, नेपाली कांग्रेसले क्षेत्र नं ४ ले आज कांग्रेस केन्द्रिय सदस्य डाक्टर आरजू राणा देउवाको प्रमुख आतिथ्यतामा धनकौल गाउँपालिका–२, स्थित धनकौल बजारमा क्षेत्रिय सम्मेलन तथा कार्यकर्ता भेला आयोजना गर्न लागेको छ ।
क्षेत्रिय सम्मेलनलाई नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. आरजू देउवा,केन्द्रिय सदस्य रामहरि खतिवडा, मधेश प्रदेश समितिका सभापति कृष्णा प्रसाद यादव, प्रदेशका स्वास्थ्य मन्त्ली वीरन्द्र प्रसाद सिंह, जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको कांग्रेस क्षेत्र नं. ४ का सभापति रामआश्रय साहले जानकारी दिए ।
नेतृ देउवालाई पूर्व–पश्चिम राजमार्गको बाँके जंगबाट बिहान १०ः३० बजे भव्य स्वागतकासाथ धनकौल बजारमा निर्माण गरिएको सम्मेलन स्थल पु¥याइने नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए । क्षेत्रिय सम्मेलनमा जिल्ला तथा छिमेकी जिल्लाबाट ठ्ुलो संख्यामा नेता कार्यकर्ता भेला हुने आकलन गरिएको छ । नेपाली कांग्रेसले क्षेत्र नं ४ ले सवै तहका नेता कार्यकर्तालाई सम्मेलनमा सहभागिता जनाउन आग्रह गरेको छ ।