लालबन्दी,साउन -८,सर्लाही फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको अध्यक्षमा विनोद महत चयन भएका छन् ।
निवर्तमान अध्यक्ष पृथ्वीनारायण चाैधरीकाे अध्यक्षता तथा लालबन्दी उद्योग वाणिाज्य संघका अध्यक्ष दिपेन्द्र कुमार बलमपाकीकाे प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम साधारण सभा तथा पहिलो अधिवेशनले महत अध्यक्ष रहने गरी ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

हाेटल एभरेस्ट लालबन्दीमा साेमवार सम्पन्न साधारणसभाले सूर्यराज काफ्लेलाई उपाध्यक्षमा, प्रमित ढकाललाई सचिव यमलराज ढुंगानालाई कोषाध्यक्ष, बिक्रम दाहाल, विवेक महत, शंकरबहादुर श्रेष्ठ, गोविन्द रखाल, कृष्ण बछार,दिनेश ठाकुर, र मगर अन्सारीलाई सर्वसम्मत सदस्य चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि दिपेन्द्र कुमार बलमपाकी,विशिष्ट अतिथि फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका महासचिव ओम बहादुर बस्नेत,काेषाध्यक्ष बद्री प्रसाद हुमागाईले फर्निचर व्यवसायीले भाेग्नु परेको समस्य,राज्यले बनाएको निति र चुनाैतीका बरेमा आफ्नो धारणा राखेका थिए ।
साधारणसभामा मधेस प्रदेशका विभिन्न जिल्लाका फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघका पदाधिकारी, निवर्तमान पदाधिकारी, विभिन्न संघसंस्थाका प्रमुख तथा पदाधिकारीकाे सहभागीता रहेको थियो ।
साधारणसभाकै अवसरमा फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघकाे ९ औं स्थापना दिवस केक काटेर मनाइएको थियोे ।