कृष्ण थपलिया /सर्लाही
साउन -६,नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै, कांग्रेस सर्लाहीले  आज विभिन्न कार्यक्रम गरि  ४१ औं बीपी स्मृति दिवस मनाएको छ ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नं -४ ले  ४१ औं बीपी स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली  सभा तथा वृक्षारोपण कार्यक्रम  गरेको हाे ।


नेपाली कांग्रेस सर्लाही क्षेत्र नं-४ का सभापति रामाश्रे साह सभापतित्व तथा मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्री  वीरेन्द्र प्रसाद सिंहकाे प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली  सभा तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हाे ।


श्रद्धाञ्जली सभामा प्रमुख अतिथि स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंह,विशिष्ट अतिथि नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, उपसभापति डा. सराेज कुमार,जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह, पूर्व प्रदेश सांसद उपेन्द्र सिंह कुशवाहलगाएका वक्ताहरूले  नेपालमा प्रजातन्त्र ल्याउन बीपी काेइरालाले गरेको याेगदानकाे चर्चा गरेका थिए ।


त्यस्तै सदरमुकाम मलंगवा  स्थित सर्लाही क्याम्पसमा नेविसंघ सर्लाहीले सवारि दुर्घटना  न्यूनीकरण समन्धि सचेतना मुलुक कार्यक्रम सम्पन्न गरेको छ।
नेबिसंघ सर्लाहीका  अध्यक्ष धिरज यादवको अध्यक्षता एवम्  नेपाली कांग्रेस सर्लाहीका उपसभापति डा. सराेज कुमारकाे प्रमुख आतिथ्यता तथा ट्राफिक प्रहरि निरीक्षक  लेख नाथ मैनालि को विशेष आथिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा  प्रमुख अतिथि डा. सरोज कुमार र  विशेष आथि ट्राफिक प्रहरि निरीक्षक मैनालीले सवारि दुर्घटनाबाट बचन ट्राफिक नियम पालना गर्न,गराउन आग्रह गरे   ।
कार्यक्रममा नेबिसंघ सर्लाही काठमाडौ सम्पर्क समिति अध्यक्ष लबहरि ढुङ्गेल सर्लाही क्याम्पस स्वबियु  सभापति धर्मेन्द्र टाँका लगाएतको उल्लेखनीय  उपस्थिति रहेको नेबिसंघ सर्लाहीका उपसभापति  प्रबेश न्यौपानेले  जानकारि दिए ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि संघर्ष गरेका कोइराला विक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री भएका थिए । २०१७ साल पुस १ गते  जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई बन्दी बनाइएको थियो । 
२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए ।
भारतमा निर्वासित भएर प्रजातन्त्र पुनः स्थापनाका पक्षमा सङ्घर्ष गर्दै  गर्दा राष्ट्रियता कमजोर भएको भन्दै, आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक छ ।बीपीले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्  । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । १९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको २०३९ साल साउन ६ गते आजकै दिन  निधन भएको थियो ।