सर्लाही,असार-३१,जिल्लाको चन्द्रनगर गाउँपालिकाले सोहजन खेतीलाई आन्दोलनको रूपमा घोषणा गरेको छ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले सोहजन आन्दोलनको घोषणा गर्दै २५ जना किसानलाई सोहजनको बेर्ना नि:शुल्क वितरण गरेर शुभारम्भ गरेका हुन ।

पालिका भित्र १५ बिगाहा जमिनका लागि किसानहरूलाई सोहजनको बेर्ना वितरण गरिने चन्द्रनगर गाउँपालिकाले जनाएको छ।
सम्मानित जिवन समृद्ध चन्द्रनगर भन्ने मुल नाराका साथ चन्द्रनगर गाउँपालिकामा सोहजन खेती बिस्तार गरिएको गाउँपालिका अध्यक्ष महताेले बताए ।
पोषण, स्वास्थ्य, सौन्दर्य, वातावरण तथा समृद्धिको लागि चन्द्रनगरमा सोहजन खेती गर्न लागिएको गाउँपालिका अध्यक्ष महतोले भनाइ छ ।

चन्द्रनगरमा सोहजन खेती गरेर सोहजन उधोग तथा अनुसन्धान केन्द्र खोलेर गाउँपालिकालाई समृद्ध बनाउने अध्यक्ष महतोले बताए ।
उनले चन्द्रनगर गाउँपालिका बाट सोहजन खेतीको आन्दोलन गरि तराई मधेसका २२ जिल्लामा सोहजन खेतीका लागि प्रेरित गरिने अध्यक्ष महतोले बताए ।
सोहजन खेतीका विज्ञ देवनारायण मण्डलले सोहजन आम्दानीको हिसाबले किसानको लागि उतम भएको बताए । एक कठ्ठामा ४४ वटा विरुवा ८/८ फिटको दुरीमा रोपदा सोहजन खेतीबाट राम्रो आम्दानी लिन सकिने मण्डलले बताए ।