चियाेचर्चाे खबर
लालबन्दी,माघ २८ — अस्थायाी ट्राफिक प्रहरी पोष्ट हरिवनले अर्किड माध्यमिक विद्यालय हरिवनमा सवारी दुर्घटना न्युनिकरण सम्वन्धि जनचेतना मुलक कक्षा संचालन गरेको छ ।
मंगलवार संचालन गरिएको जनचेतना मुलका कक्षामा विध्यालयको कक्षा ११ र १२ अध्ययनरत ९० (नब्बे) जना बिद्यार्थीको सहभागिता रहेको जिल्ला ट्रफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
जनचेतना मुलक कक्षामा अस्थायाी ट्राफिक प्रहरी पोष्ट हरिवनका प्रहरी हवल्दार वासुदेव रायले बढ्दो सवारी दुर्घटना न्यूनिकरणका बिषयमा बिद्यार्थीहरुलाई प्रशिक्षण गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक केदारमान दोङले जानकारी दिए ।