विराटनगर,माघ २७— विराट राजवंशीले फागुन ६ गते विराटनगरस्थित वीरेन्द्र सभा गृह हलमा वृहत भेला गर्ने भएको छ । उनिहरुले आदिवासी जनजातिमा सूचिकृत गरिनुपर्ने माग राख्दै विराटनगरमा वृहत भेला गर्ने भएका हुन । यो विराट राजवंशीले गर्न लागेको यो १४ आंै भेला हो । उनीहरूले विराटनगरमा मंगलवार पत्रकार सम्मेलन गरि भेलामा आफ्नो जातिय, भोषभुषा, भाषा, साँस्कृतिक झल्किने पहिचानसहितको ¥याली पनि निकाल्ने तयारी गरेको राजवंशी सामाज उत्थान समितिका अध्यक्ष भुवनेश्वर मण्डलले जानकारी दिए ।
उनीहरूले वृहत भेलालाई सफल बनाउन ३० माघमा विराटनगरमा मोटरसाइकल ¥याली पनि निकाल्ने भएका छन् । समितिका अध्यक्ष राजवंशीले विराट राजवंशीहरूलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गरिनुपर्ने माग राखे । ‘राज्यको हरेक अंगमा विराट राजवंशीको स्थान सुनिश्चित गरिनुपर्दछ,’ उनले भने, ‘यही माग राखेर हामीले वृहत भेलाको आयोजना गरिएको हौ .’ विराट राजवंशीको छुट्टै मौलिक पहिचान रहदा पनि राज्यले सूचिकृत नगरेको उनको भनाई छ ।